
साउदी अरब बाट बिदामा घर गएका कामदारहरूलाइ साउदी सरकारले साउदी फिर्ता हुनको लागि हरि झण्डि दिएसँगै साउदीबाट नेपालमा विदामा गई साउदीअरब काममा फिर्ता हुन नपाएका हजारौं नेपाली हरुलाई नेपाल सरकार को अस्पष्ट नीतिका कारण समस्या मा परेका छन् ।
कुल बहादुर बि.क झण्डै चार महिना पहिले नेपाल बिदामा गएका उनी सरकारद्वारा त्तेर्स्याईएको नो अब्जेक्सन लेटर नभइदिँदा साउदी अरब फर्किनको लागि अन्यौलमा परेका छन् ।
उनी अब मेरो नोकरी पनि जाने भयो र ६ वर्षसम्म मैले गरेको कामको “इन्ड अफ सर्भिस बेनिफिट” पनि नपाइने भयो भन्दै कम्पनीद्वारा उपलव्ध गराईएको पेपर देखाउँदै नेपाल सरकारका सम्बन्धित निकायहरुमा धाइरहेका छन् ।
तर उनको पीडा कसले बुझ्ने ।
उता साउदीस्थित उनको कम्पनीद्वारा नेपालीहरुलाई नेपाल सरकार द्वारा नो अब्जेक्सन लेटर नभएसम्म साउदी फिर्ता हुन् दिँदैन भन्ने थाहाँ पाएपछि कम्पनीद्वारा सबैलाई एकै प्रकारको पेपर पठाइएकोछ जसमा भनिएकोछ “तपाईं अब साउदी अरब काममा फर्किन सक्नुहुनेछ र यही पत्रलाई आधारमानी साउदी सरकारद्वारा लगाइएकाे कोरोना रोकथाम सम्बन्धी सचेतना हरुलाई पालना गर्दै साउदी अरब आउन सक्नुहुनेछ !
तर नेपाल सरकारका सम्बन्धित निकायहरु भने यस्तो पत्रलाई आधिकारिक पत्र मान्दैनन्।

यसैगरी सोही कम्पनीमा म्यानेजरको पदमा कार्यरत एकजना गोविन्द केसीको भनाई अनुसार श्रम स्वीकृति लिन जादा श्रम विभागले सोही पेपर देखाउँदा त्यहाँ अवस्थित कर्मचारीहरुद्वारा यो पत्रलाई आधिकारिक मान्न नसकिने भन्दै फर्काइदिएपछि उहाँले श्रम विभागका हाकिमलाइ भेटि यो पत्रलाई आधिकारिक नमानिनुको कारण सोधखोज गर्दा पछि सोही पेपरमा लाइ मान्ने भयो र वहाँको श्रम स्वीकृति प्राप्त गरेको अनुभव उहाले सुनाउनुभयो ।
तर बिडम्बना… सोही पत्र कार्यालयमा अनुशासन पालना गरि लाइनमा बसी श्रम स्वीकृतिका लागि निवेदन गर्दा कर्मचारीद्वारा मान्ने नहुने तर सोही कार्यलयका हाकिमलाई भेटि बकाइदा कम्पनीद्वारा पठाइएको पत्र मान्ने नहुनुको कारण सोध खोज गर्दा मान्ने हुने?


सार म बिदा मा आयको हु र कोरोना को
कार्न जान पायकोछेइन
कमपनि बात भिसा पठाई जान पाम भनि
निबेदन तियको छु