घोराहीमा विद्यालय सुचारु गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम

  • ७ आश्विन २०७७, बुधबार २१:२२ मा प्रकाशित
  • घोराही, दाङ, ७ असोज
    घोराही उपमहानगरपालिका वडा नं. १४ का विद्यालयहरुलाई सुचारु गर्नको लागि वडाध्यक्ष शक्तिराम डाँगीकोे अध्यक्षतामा घोराहीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि एवं घोराही उपमहानगरपालिकाका सचेतक, शिक्षा शाखा प्रमुख एवं वडा नं. १८ का अध्यक्ष भरत अर्यालले आफ्नो मन्तव्य राख्दै राज्यको मापदण्ड अनुसार सचेत हुदै सुरक्षाका उपायहरू अवलम्बन गर्दै विद्यालयहरु सुचारु गर्नु पर्ने बताउनुभयो ।

    उक्त अन्तरक्रिया कार्यक्रममा वडा नं. १४ का सम्पूर्ण विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेकोे थियो । उक्त कार्यक्रमको सहजीकरण वडा सचिव आनन्द कवँर योगीले गर्नु भएको थियो।

    Leave a Reply