“खाडी मुलुकमा आऊने महिलाहरुलाई पूर्ण प्रतिबन्ध होइन, उचित प्रक्रिया र पद्धति मिलाएर बैध रूपमा ल्याउन उचित” एनआरआनए आइसीसी यासमिन बेगम सैयद

  • ११ आश्विन २०७७, आईतवार १५:०० मा प्रकाशित
  • समर्पण रम्जान, २७ सेप्टेम्बर २०२०! साउदी अरब

    मिति २६ सेप्टेम्बर २०२० मा जुम भर्चुअलबाट गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् USA द्वारा संचालन भईरहेको पहिलो महिला राष्ट्रिय सम्मेलन २०२० अन्तर्गत उद्घघाटन समारोहमा मध्यपुर्वबाट एनआरएनए आइसिसी निबर्तमान महिला संयोजक तथा बर्तमान प्रतिनिधि यासमिन बेगम सैयद ज्यु ले आफ्नो गहन बिषयहरु राख्नु भएको छ ।
    यस प्रकारक़ो कार्यक्रम पहिलो पटक ऐतिहासिक रूपमा संचालन भएको मा खुशी व्यक्त गर्दै बेगम ले आफ्नो व्यक्तिगत ,NCC साउदी तथा सिंगो मध्यपूर्वको तर्फबाट अयोजक टिमलाइ बधाई तथा शुभकामना र कार्यक्रम सफलताको शुभकामना प्रदान गर्नु भएको थियो ।

    कार्यक्रममा आफ्नो कुरा राखदै गर्दा उहाँले खाड़ी राष्ट्रमा पुरुष महिलाहरुको कुल संख्या, अहिलेको कोबिड -१९ का कारण प्रभावित सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरु लाई गरिएको सहयोग तथा नेपाल फिर्तिका लागि सहजीकरण बारे अबगत गराउनु भएको थियो ।

    साथै सिङ्गो मध्यपुर्वमा बिगतका दिन हरुमा जस्तों महिला हरुलाई आइ पर्ने समस्या हरु स्वचेतना का कारण पनी न्यूनिकरण हुदै गएको र बाह्य रूपमा देखे र सोचे जस्तों प्रकार क़ो विकराल समस्या पनी त्यती हद सम्म नरहेको साथै अन्य राष्ट्रका महिला हरुले भोग्नु परे जस्तों संस्थागत अवसर माथीको लैंगिकविभेद, असमानता, महिला सहभागिता आदि विषय हरुमा क़ुनै प्रकार को मतभेद र महिलाहरूलाई गरिने संस्थागत पदिय ज़िम्मेवारी बाट अपहेलना वा वंचित नगरिएको र सबैले महिलाहरुलाइ स-सम्मानका साथ संस्थामा या प्रत्येक कार्यमा साथ सहयोग गर्ने गरेको अबगत गराउनु भयो ।

    मध्यपुर्वका देशहरूमा विगतको दिनहरुमा जस्तो महिलाहरुको जटिल समस्या हाल धेरै हद सम्म कम भएकोले अबैध तरिकाले आउने महिलाहरुलाइ मात्रै केही मात्रामा समस्या देखिएकोले अबैध प्रवेशलाई नियंत्रण गर्दै खाड़ी का कुनै पनी राष्ट्रमा घरेलू महिलाको प्रवेशमा पूर्ण प्रतिबंध लगाऊनू पर्ने तर आफ्नो सक्षमता को आधारमा स्वबिबेक प्रयोग आउन चाहने महिला दीदी वहिनी हरुलाई ऊहाहरु को सीप , शिक्षा, योग्यता को उचित पहिचान गरि तोकिएको मापदंड अनुरूप उचित प्रक्रिया र पद्धति मिलाएर बैध रूपमा ल्याउनु पर्ने धारणा राख्नु भयो।

    आफ्नो मन्तव्य राख्ने क्रममा उहाँले ट्रिपल R क़ो नीति तथा आईएलओ प्रोजेक्ट बारे पनी प्रकाश पार्दै महामारीक़ो यस विषम परिस्थितिमा कोविड ले ल्याएको चुनौती लाई अवसरमा परिणत गर्न सबै पक्षको साथ सहयोगको लागी अनुरोध गर्दै आयोजक टिम प्रति आभार प्रकट गर्नु भयो।


    Leave a Reply