कोभिड-१९ बाट प्रभावित ५० घरधुरीलाई राहत सहयोग

  • ११ आश्विन २०७७, आईतवार १७:०६ मा प्रकाशित
  • उमेश कुशवाहा बिरगंज, असोज ११

    पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा-३१ मा आज छाँया नेपाल , काठमाडौंको आर्थिक सहयोग र पिसफोर दलित फाउन्डेसन नेपालको बिशेष पहलमा ५० घरधुरीलाई राहत वितरण गरिएको छ।

    नेपाल सरकारले फाल्गुन महिना देखी नै कोरोना भाईरस बाट बच्चनको लागि लकडाउन गरेपछि धेरै मजदुर , गरीब , दलित प्रभावित रहेका छ्न।

    पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा-३१ को धेरै दलितहरु मजदुर रहेकोले बिरगंज , जितपुर र अन्य शहरमा काम बन्द भएकोले खान्नाको समस्या रहेकोे छ। यसै महिनाको लकडाउनको कारणले यसै वडामा सतन माझी मुसहरको मृत्यु भएको छ। यस वडामा खाद्यान्नको समस्या भएकोले वितरण गरिएको छ।


    राहत पाएका दलित महिला सीता देवी चमार खुशीको साथ धन्यवाद दिनु भएको छ।
    त्यैसरी राहत पाएका अर्को दलित अशोक पासवान भन्नू हुन्छ कि हामी राहत पाएर खुसी छौँ र लकडाउनले प्रभावित छौँ अब केही दिन खाद्यान्न राहतले हामी लाई राहत भएको छ।


    यस कोभिड-१९ बाट प्रभावित लागि राहत सहयोग कार्यक्रमको अध्यक्षता बिरगंज महानगरपालिका -३१ वडाको वडा अध्यक्ष चुमन दास चौधरी , प्रमुख अतिथि बरिष्ट्ठ समाजिक अभियान्ता प्रकाश थारु चौधरी , विशेष अतिथि छाँया नेपालको प्रतिनिधि हिरालाल चौधरी ज्युले गर्नु भएको छ।

    यसै कार्यक्रममा स्थानीय दलित अगुवा अजय पासवान , जितेन्द्र हजारा, रामवतार पासवान ,लक्ष्मी हजारा, धयानी राम, सन्जोग राम तथा दलित युवाहरुको उपस्थिति रहेकोे थियोे ।

    पिसफोर दलित फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले जनकारी गराउनु भयो।

    Leave a Reply