
काठमाडौ, ११ असोज
नेपालमा विगत २४ घण्टामा १ हजार ५ सय ७३ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष १ हजार ४९ र महिला ५ सय २४ रहेका छन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
प्राप्त जानकारी अनुसार विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड ३० लाख ५८ हजार ७ सय ५० रहेको छ भने मृत्यु हुने विरामीको संख्या ९ लाख ९८ हजार ७ सय ४७ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ४४ लाख ११ हजार ७ सय ७२ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा निको भइ डिस्चार्ज हुनेको संख्या ८ सय ८५ रहेको छ भने आरटी पिसिआर परिक्षणको संख्या १० हजार १ सय २३ रहेको छ ।
त्यस्तै हालसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ५३ हजार ८ सय ९८ रहेको छ भने हालसम्म आरटि पिसिआर परिक्षण संख्या ९ लाख ८८ हजार ३ सय २७ रहेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ६ सय ९८ रहेको छ भने संस्थागत आइसोलेसनको संख्या ८ हजार ३ सय २१ रहेको छ । क्वारेन्टाइन बस्नेको संख्या भने ६ हजार २ सय ८१ रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमले दिएको जानकारी अनुसार होम आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा १ हजार ४ सय ८२ जना, प्रदेश नं. २ मा ६ सय ७४ जना, बागमती प्रदेशमा ६ हजार ९५ जना, गण्डकी प्रदेशमा ३ सय ७३ जना, प्रदेश नं. ५ मा १ हजार ६ सय ९४ जना, कर्णाली प्रदेशमा २ सय २५ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ५५ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा २ सय २३ जना, प्रदेश नं. २ मा ९ सय ७७ जना, बागमती प्रदेशमा ५ हजार ५९ जना, गण्डकी प्रदेशमा ६ सय ६९ जना, प्रदेश नं. ५ मा ४ सय ६० जना, कर्णाली प्रदेशमा ३ सय ५७ जना र सुदुरपश्चिम प्रदेशमा ५ सय ७६ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या प्रदेश नं. १ मा ६ सय ६७ जना, प्रदेश नं. २ मा २ सय ६० जना, बागमती प्रदेशमा ५ सय ३८ जना, गण्डकी प्रदेशमा ५ सय ०९ जना, प्रदेश नं. ५ मा १ हजार ४ सय ३३ जना, कर्णाली प्रदेशमा ६ सय ८४ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार १ सय ९० जना रहेको छ ।
त्यस्तै हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या प्रदेश नं. १ मा ४ हजार ८ सय ६४ जना, प्रदेश नं. २ मा १३ हजार ४७ जना, बागमती प्रदेशमा १५ हजार २ सय ०३ जना, गण्डकी प्रदेशमा ३ हजार ९३ जना, प्रदेश नं. ५ मा ८ हजार ३ सय ७१ जना, कर्णाली प्रदेशमा २ हजार ८ सय ४० जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार ४ सय ८० जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या २ सय २५ रहेको छ । जसमा प्रदेश न.१ मा १४ जना, प्रदेश न. २ मा २१ जना, बागमती प्रदेशमा १ सय २२ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा ४४ जना, कर्णाली प्रदेशमा १८ जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने ३३ जना रहेका छन । जसमा प्रदेश न.१ मा ३ जना, वागमती प्रदेशमा २६ जना र प्रदेश न.५ मा ४ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा मोरङ, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही पर्दछन ।
विगत २४ घण्टामा कोरोनाका कारण १० ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ० जना र पुरुष ८ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ५ जना, प्रदेश ५ मा ३ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ४ सय ७७ पुगेको छ ।

