
सम्बादाता
मिति २५ श्रावण २०७७, आइतवार का दिन उज्यालोनेटवर्कले प्रकाशित गरेको समाचार “युएईका एनआरएनए अध्यक्षकै अगाडि दलाल बाट कुटिए” भन्ने समाचार प्रति एनआरएनए युएईद्वारा एक बिग्यप्ती निकाल्दै खण्डन गरेको छ ।
बेलायत जानका लागी युएई आएपछि पासपोर्ट जफत गरेर दलाल श्याम थापा सम्पर्कबिहिन भएको र पीडितले गैर आवासीय नेपाली संघ (एनआरएन) तथा नेपाली दुताबासमा सहयोग उद्दारको लागि निबेदन दिएको, उक्त कुराको जानकारी पाएलगत्तै शुक्रबार बेलुकी श्याम थापाले एनआरएनका अध्यक्ष भीम मल्लको साथमा केही गुण्डा केटाहरु लिएर बोहोरा र केसीलाई दुबईको बरदुबईमा बोलाएर १० जनाको समुहमा रहेको थापाको समुहले बोहोरालाई अन्धाधुन्ध आक्रमण गरेको, बोहोराले निर्घात पिटाइ खाँदा पनि एनआरएन दुबइका अध्यक्ष मल्ल भने दर्शक बनिरहेको र उल्टै प्रहरीलाई खबर नगर्न र मिल्न चेतावनी दिएको भन्ने समाचार उज्यालोनेट्वोर्क.कम ले छापिय पछि खबर मा सत्यता न भएको भनि (एनआरएन) यु.ए.इ ले एक बिग्यप्तिका साथ खण्डन गरेको छ ।


