जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण

  • २६ श्रावण २०७७, सोमबार १४:५१ मा प्रकाशित

  • जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण

    काठमाडौं, साउन २६ । जिल्ला अदालत मोरङका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    न्यायाधीसमा संक्रमण पुष्टि भएगसै सोमबारदेखि बुधबारसम्म ३ दिन अदालतबाट हुने सबै सेवा बन्द गरिने निर्णय गरिएको अदालतले जनाएको छ ।

    आइतबार न्यायाधीशसहित ४ जनाको स्वाव सकलन गरी परीक्षण गरिएकोमा न्यायाधीशमा संक्रमण पुष्टि भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभएको हो ।

    पछिल्लो संक्रमण पुष्टि भएसँगै अदालतका अन्य ४० कर्मचारीको परीक्षण तथा कन्ट्रयाक ट्रेसिङ गर्ने तयारी भैरहेको जनाएकोृ छ ।

    सोमबार सात जनाको स्वाब संकलन गरिएको र भोलि ३३ जनाको स्वाव परीक्षण गर्ने तयारी भएको बुझिएको छ । इमेज खबर बाट

    Leave a Reply