आज थप ८ सय ८५ नयाँ कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुग्यो

  • १० भाद्र २०७७, बुधबार २०:२७ मा प्रकाशित
  • काठमाडौ, १० भाद्र
    नेपालमा विगत २४ घण्टामा ८ सय ८५ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ५ सय ८६ र महिला २ सय ९९ रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १३ हजार २ सय ५३ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ६ लाख ३५ हजार २ सय ५२ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८ सय ३२ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ३९ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ११ जना र होम आइसोलेसनमा ६ हजार २८ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ११ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय ७५ पुगेको छ । जसमध्ये प्रदेश न.१ मा २० जना, प्रदेश न. २ मा ७३ जना, बागमती प्रदेशमा ३७ जना गण्डकी प्रदेशमा ८ जना, प्रदेश नं. ५ मा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा १० जना रहेका छन ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ३ सय ८५ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १९ हजार ५ सय ०४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ३ सय ५६ जना, प्रदेश नं. २ मा ४ हजार ३ सय १५ जना, बागमती प्रदेशमा ९ सय १९ जना, गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना, प्रदेश नं. ५ मा ४ हजार ६ सय ५१ जना, कर्णाली प्रदेशमा २ हजार १७ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १४ हजार ७ सय ३९ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार २८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ सय २२ जना, प्रदेश नं. २ मा ३ हजार ६ सय ७५ जना, बागमती प्रदेशमा १ हजार ४ सय ९९ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश नं. ५ मा ४ सय ५४ जना, कर्णाली प्रदेशमा २७ जना, र सुदुरपश्चिम प्रदेशमा ३३ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार ७ सय ११ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ६२ जना, प्रदेश नं. २ मा १ हजार ८ सय ८१ जना, बागमती प्रदेशमा ३ हजार ३९ जना, गण्डकी प्रदेशमा ३ सय ८७ जना, प्रदेश नं. ५ मा ७ सय ९४ जना, कर्णाली प्रदेशमा ३ सय ५४ जना, र सुदुरपश्चिम प्रदेशमा ९ सय ९४ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ९ हजार ८ सय ३२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ५६ जना, प्रदेश नं. २ मा ९ सय ६८ जना, बागमती प्रदेशमा ७ सय ६६ जना, गण्डकी प्रदेशमा २ हजार ३ सय ४३ जना, प्रदेश नं. ५ मा १ हजार १ सय ९९ जना, कर्णाली प्रदेशमा ५ सय १४ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार १ सय ८६ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ५१ रहेको छ । जसमा प्रदेश न.१ मा १६ जना, प्रदेश न. २ मा ४४ जना, बागमती प्रदेशमा ७१ जना गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं. ५ मा १७ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने १४ जना रहेका छन । जसमा प्रदेश नं.१ मा १ जना र वागमती प्रदेशमा १३ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या २ रहेको छ । जसमा हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा मोरङ, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ४१ लाख ०७ हजार ७ सय ७३ रहेको छ भने सक्रिय संक्रमित संख्या ६६ लाख ३३ हजार ०५ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख २४ हजार ५ सय ५२ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ६६ लाख ५० हजार २ सय १६ जना रहेको छ ।

    Leave a Reply