काेराेना पाेजेटिभका कारण इलाका प्रशासन कार्यालय तुलसिपुर र स्वास्थ्य चौकी सिल

  • १० भाद्र २०७७, बुधबार १९:५० मा प्रकाशित
  • तुलसिपुर भाद्र १०

    तुलसीपुरमा समुदायस्तरमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उपमहानगरपालिकामा आपतकालिन बैठक बसेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले तत्काल कोरोना परिक्षणको दायरा वढाउने निर्णय गरेको छ । यसका साथै संक्रमण देखिएका कार्यालयहरु पूर्ण रुपमा सील गर्नका लागि सम्वन्धित निकायसँग पहल गर्ने निर्णय समेत गरिएको छ ।

    तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना संक्रमण पोजेटिभ आएकाले कम्तीमा पनि ७ दिनसम्म कार्यालय सिल गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुरा भएको छ ” नगरप्रमुख पाण्डेले भने । उनले वडा नम्वर ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि उक्त कार्यालय पनि सिल गरिने जानकारी गराए ।

    यसैविच तुलसीपुर उपमहानगरपालिकाले ठूलो परिमाणमा सामुदायिकस्तरमा कोरोना परिक्षण गरेर के गर्ने भन्ने निर्णय गर्ने नगरप्रमुख पाण्डेले जानकारी दिए । “अहिलेलाई तत्काल कन्ट्याक्ट टे«सिङ्ग र सामुदायिक स्तरमा धेरै संख्यामा परिक्षण गरिनेछ त्यसपछिको नतिजाले के गर्ने भन्ने निर्णय हुनेछ ।” पाण्डेले भने ।

    उनले समुदायमा कोरोना परिक्षणको तत्काल प्रक्रिया अगाडि वढाइएको उल्लेख गर्दै संक्रमणको अवस्था हेरेर लकडाउनको अवस्थामा हेरेफेर गरिने वताए । संक्रमणको सम्भावना भएकाले अत्यावश्यक काम बाहेक बाहिर नआउनका लागि सबै जनतामा अपिल गर्दछु” उनले भने ।  जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहेक घरमै वसिदिन समेत सबैलाई अनुरोध गरिएको छ ।

    वडा कार्यालयदेखि सबै सरकारी कार्यालयहरुमा पनि संवेदनशिलता अपनाउने उनले अनुरोध गरे ।  बैठकमा उपप्रमुख माय शर्मा, विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने लगायतको सहभागिता रहेको थियो ।

    Leave a Reply