चीन र अमेरिकाबीच टकराव, अमेरिकामा रहेको चिनियाँ दूताबास बन्द गर्न ट्रम्पको आदेश

  • ८ श्रावण २०७७, बिहीबार ०९:०६ मा प्रकाशित


  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा रहेको चीनको दूताबास हटाउन आदेश दिएपछि अमेरिका र चीनबीचको सम्बन्धमा दरार आउन सक्ने आंकलन गरिएको छ ।

    अमेरिकी कदमप्रति खेद प्रकट गर्दै चीनले अमेरिकाले यो आदेश तुरुन्त रद्द गर्न आग्रह गर्दै अमेरिकालाई जवाफी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

    चीनको बिदेश मन्त्रालयले बिज्ञप्ती जारी नभए जवाफी कारबाही गर्ने चेतावनी दिएको हो । ट्रम्प प्रशासनले अमेरिकाको टेक्ससको ह्युस्टन स्थित दूतबास ७२ घण्टाभित्र बन्द आदेश दिएको थियो ।

    यसअघि अमेरिकी बिदेश बिभागका प्रवक्ता मोर्गन आर्टागसले चिनियां दूताबास मार्फत देश बिरोधी गतिबिधी तीब्र बन्दै गएकाले र अमेरिकी बौद्धिक सम्पदा र आफना नागरिकहरुको सुरक्षाका लागि चिनीयाँ दूताबास बन्द गर्न आदेश दिएको जनाउनुभएको छ ।

    अमेरिकी समाचार माध्यमहरुले चिनिया दूताबासमा महत्वपूर्ण कागजातहरु जलाएको समाचार सार्वजनिक भएको थियो ।इमेज खबर बाट ।

    Leave a Reply