वसन्त अनुभव

दाङ, ८ साउन । दाङ जिल्लाको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना सबै खाले सेवाहरु नियमित सुचारु गरेको छ ।
मुलुक कोरोना भाइरसको महामारीको चपेटामा परेसँगै प्रतिष्ठानले दिदै आएको अत्यावश्यक सेवा बाहेकका नियमित सेवाहरु प्रभावित भएको थियो । पुर्ववत रुपमा सवै सेवाहरु पुर्ण रुपमा सुचारु गरिएको प्रतिष्ठानकी उपकुलपति प्रा.डा संगीता भण्डारीले जानकारी दिईन् ।
कोभिड १९ को महामारीका बेला जसरी पनि स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ भन्ने प्रतिष्ठानको मान्यता थियो र सोही बमोजिम हामीले काम गर्यौ । परिणाम स्वरुप सेवाग्राहीहरुले राम्रो सेवा प्राप्त गर्न सफल भएको उपकुलपति भण्डारीले बताइन् ।
प्रतिष्ठानले सिमित श्रोत, साधन र प्रविधिका बावजुद अहिले सबै किसिमको सर्जरी सेवा, हाडजोर्नी, प्रसुति सेवा, बालरोग, यौन तथा छाला सम्बन्धि, नाक कान घाँटीलगायतका सेवाहरु नियमित सन्चालन गर्न सफल भएको अस्पताल निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. सागर पन्थीले बताए ।

