मेलम्चीमा आइपुग्यो सहल, प्रति केजी २०० रुपियाँ दिने नगरको घोषणा

  • १८ असार २०७७, बिहीबार १६:३१ मा प्रकाशित

  • सुशील सुबेदी
    मेलम्ची नगरपालिका वडा नं ९ मा सलह आइपुगेको छ । थोरै संख्यामा आइपुगेको सहलले बाली खान थालेको छ । स्थानीयवासीहरु सहल लखेट्न तथा संकलन गर्न जुटेको किसान चिनबहादुर तामाङले बताउनुभयो ।


    यसैबीच मेलम्ची नगरपालिकाले सहल संकलन गरेर ल्याउनेलाई प्रति केजी रु. २ सय दिने घोषणा गरेको छ । विषादी छर्केर वा कुनै पनि तरिकाले सहल भगाउन कृषि शाखा सक्रिय रहेको कृषि प्राविधिक हरिगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
    किसानहरुका बाली क्षति हुन नदिनका लागि नगरले सक्रियताका साथ काम गरिरहेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभएको छ । यसअघि मेलम्ची भेगमा थाङपालधाप, पाल्चोकमा पनि सहल देखिएको थियो ।
    ैँ

    Leave a Reply