
गोरखा नगरपालिका(११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ चार जना घाइते भएका छन् ।
घाइते हुनेमा रंजित राना, प्रेम बहादुर परियार, सिताराम सिलवाल र इन्द्र बहादुर तामाङ रहेका छन् ।
घाइते सबै नेपाली सेना रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।
तनहूँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा १ झ ५८०० नम्वरको सेनाको गाडीलाई वुधवार साँझ ५ बजे विपरित दिशाबाट जाँदै गरेको लु १ क ३८४६ नम्वरको टिपरले ठक्कर दिएको हो । दुर्घटनाका घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरुमध्य राना र परियार दुइ जनालाइ थप उपचारका लागी चितवनको भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । अनलाइन गोर्खा बाट।

