सुशील सुबेदी
इन्दवती गाँउपालीका पाँच मा बाँदर तथा बँदेल नियन्त्रण मा आएको छ । गाँउपालीकाको साविक पाँच मा रहेको नयाँ पानी भुमि अधिकार कृषक समुह ले सार्बजानिक सुनुवाइ कार्यक्रम गर्दै नियन्त्रण मा आएको बटयको हो । साविक वडा ४,६,७ मा बाँदर तथा बँदेल ले कृशक तथा स्थानिय लाई निकै नै दुस्ख दियको थियो । भुकम्प पछि बादरको आतंक खप्न नसकी ४० घर धुरी बाँदर र बदेल को आतंकले बसाइँ सराइ गरी सकेका स्थानिय को भनइ छ ।, प्रदेश सरकारको बिशेष पहल र नयाँ पानी भुमि अधिकार कृषक समुह को सक्रियतामा प्रदेश सरकारको दश लाख आर्थिक सहयोग र नयाँ पानी भुमि अधिकार कृषक समुह को पाँच लाख बराबर को श्रम लगानिमा बाँदर समातेर अर्थता बाँदर बस्ने केज निर्मण सम्पन्न भयको छ ।
झाडिहरु फडानि गरेर , बाँदर समाएर थुनेर , र बँदेल आउने बाटो मा रुखहरु काटेर बाटो छेकेर जंगलि बालिनासक जिव नियन्त्रण गरिएको र यसबाट साविक छिमेकि २ र ३ वडा लाई पनि केहि राहत मिलेको र स्थानियहरुको मन हर्षित भएको नयाँ पानी भुमि अधिकार कृषक समुहका अध्यक्ष कुमार आचार्य चन्चल ले जानकारी दिनुभयो ।

