वसन्त अनुभव

काठमाडौ, १० साउन
नेपालमा विगत २४ घण्टामा १ सय ०९ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
विगत २४ घण्टामा भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
झापाका १ जना
खोटाङका १ जना
गजेन्द्र नारायण सिंह अस्पताल राजविराज
सप्तरीका १ जना
नारायणी अस्पताल वीरगञ्ज
पर्साका ८ जना
रौतहटका १ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
सर्लाहीका १ जना
भरतपुर अस्पताल प्रयोगशाला चितवन
चितवनका १ जना
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला, हेटौंडा
बारा १ जना
मकवानपुर १ जना
नवलपरासी पूर्वका १ जना
रौतहटका ३ जना
पाटन अस्पताल ललितपुर
काठमाडौं १ जना
ललितपुरका १ जना
वीर अस्पताल, काठमाडौ
बाराका २ जना
स्टार अस्पताल सानेपा
काठमाडौंका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही
गुल्मीका ३ जना
कपिलवस्तुका ६ जना
पाल्पाका ४ जना
भेरी अस्पताल प्रयोगशाला नेपालगञ्ज
बाँके २ जना
बर्दियाका २ जना
दाङका ५ जना
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
नवलपरासी पूर्वका ३ जना
तनहुँका १ जना
सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत
अछामका २ जना
कालीकोट ३ जना
दैलेखका ३ जना
हुम्लाका १ जना
जाजरकोटका ६ जना
मुगुका २ जना
सुर्खेतका ११ जना
डडेल्धुरामा अस्पताल धनगढी
डडेल्धुराका ४ जना
डोटीका १३ जना
बैतडीका ३ जना
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ४ हजार ७५ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख ३९ हजार १ सय ५७ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १८ हजार १ सय ८३ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५३ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ४५ रहेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ०६ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ७५ जना, प्रदेश नं. २ मा २ हजार ८ सय ९८ जना, बागमती प्रदेशमा ४ सय ६८ जना, गण्डकी प्रदेशमा १ हजार १ सय २५ जना, प्रदेश नं. ५ मा ३ हजार ९ सय जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना रहेकोे छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार प्रदेश नं. १ मा सक्रिय संक्रमित संख्या १ सय ४६ जना, प्रदेश नं. २ मा १ हजार ९ सय १ जना, बागमती प्रदेशमा ४ सय ३९ जना, गण्डकी प्रदेशमा ३ सय ३१ जना, प्रदेश नं. ५ मा ३ सय ५४ जना, कर्णाली प्रदेशमा ३ सय १५ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ८ सय ९७ जना रहेकोे छ ।
त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ६ जना रहेकोे छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १८ हजार १ सय ८३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार २ सय ९ जना, प्रदेश नं. २ मा २ हजार ३ सय २ जना, बागमती प्रदेशमा १ हजार ३ सय ८४ जना, गण्डकी प्रदेशमा ३ हजार २ सय १६ जना, प्रदेश नं. ५ मा २ हजार ७ सय ७९ जना, कर्णाली प्रदेशमा १ हजार १७ जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार २ सय ७६ जना रहेकोे छ ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ पुगेको छ । जसमा भोजपुर, मुस्ताङ, मनाङ, संखुवासभा, पाँचथर र रसुवा रहेका छन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १,५७,६२,३९२ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६,४०,२७८ पुगेको छ ।

