घोराही, १० साउन

दाङ प्रहरीले लागु औषध पदार्थ ६ किलो बढि अफिम सहित दाङमा ४ जना मानिसलाइ पक्राउ गरेको छ । प्रहरीले देउखुरीकाे भालुबाङ रातोडाँडामा रहेको दक्षिणकाली होटेलमा अफिमकाे काराेबार भइरहेकाे भन्ने आँफुलाइ प्राप्त विशेष सुचनाका आधारमा उनिहरूलाइ रंगेहात पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शनिबार पत्रकार सम्मेलनकाे आयाेजना गरी जिल्ला प्रहरी कार्यालय दाङले गत विहिबार पक्राउ परेका अभियुक्तहरूलाइ सार्वजनिक गरेकाे हाे । पक्राउ परेका अभियुक्तहरूबाट ६ किलो ९६७ ग्राम अबैध लागुऔषध अफिम बरामद गरेकाे प्रहरीले जनाएकाे छ । लागु औषधकाे मामिलामा शुन्य सहनशिलता अपनाउने निति अनुरूप नै उक्त सफलता मिलेकाे दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले पत्रकार सम्मेलनमा बताए ।
दाङ प्रहरीले अभियुक्तहरूकाे साथबाट लागुऔषध अफिम सहित लु १ च ६१७१ नम्बरको बलेरो जिप, लु ४० प ९८०६ नम्बरको २२० सिसिकाे पल्सर मोटरसाईकल र विभिन्न ब्रान्डका ५ थान मोबाईल समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका अभियुक्तहरूलाइ जिल्ला अदालतबाट १० दिनकाे म्याद थप भइ अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । शनिवार गरिएकाे पत्रकार सम्मेलनकाे सहजिकरण डिएसपी सुमित खड्काले गरेका थिए ।

