मेलम्चीमा एकै दिन १८ जनामा कोरोना सक्रमण , यो सङै जिल्लामा सक्रमितको संख्या २४ पुग्यो ।

  • ५ असार २०७७, शुक्रबार ११:३३ मा प्रकाशित

  • सुशील सुबेदी
    मेलम्चीको बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र दोलखाबाट आएका मेलम्चीको क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरि सिन्धुपाल्चोक जिल्लामा पुन १८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सुचना अधिकारि कृष्ण तिवारिले जानकारि दिनुभएको छ ।

    उहाँका अनुसार दोलखाबाट आएर क्षेत्रिय क्वारेन्टाइन मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनको गरी जम्मा २६ जनाको स्वाव संकलन गरि असार १ गते परिक्षणको लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएकोमा मेलम्चिको क्वारेन्टाइनमा रहेका ५ जना र बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जनाको टेकु प्रयोगशाला काठमाडौं पठाइएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
    उनिहरुको रिपोर्ट बिहिबार राति आएको थियो । संक्रमितहरु पाँचपोखरी गाँउपालिकाका १० जना, हेलम्बु गाँउपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् । उनिहरु भारत, भोजपुर र दोलखाबाट भिन्न भिन्न समयमा आएका थिए ।
    योसँगै जिल्लामा संक्रमितको संख्या २४ पुगेको छ । तीमध्ये संक्रमित एक महिलाको भने मृत्यु भइसकेको छ । उनी कोरोनाबाट ज्यान गुमाउने मुलुककै पहिलो थिइन् । मृत्युपछि धुलिखेल अस्पतालमा गत वैशाख १ गते महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । एक संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

    Leave a Reply