दुताबास रियादको पहलमा साउदीमा मृत्यु भएको नेपाली श्रमिकहरूको परिवारलाई ब्लड मनी लगायत विभिन्न सेवा सुविधा वापतको क्षतिपूर्ति:

  • ५ असार २०७७, शुक्रबार १६:४७ मा प्रकाशित
  • संवाददाता

    नेपाली दुताबास रियाद, साउदी अरब

    साउदी अरब | रोजगारीका क्रममा विभिन्न कारण साउदी अरेबियामा मृत्यु भएका नेपालीका परिवार वा हकवालाले पाउनुपर्ने रकम नेपाली दुताबास रियादले नेपाल पठाएको छ ।

    नेपाली दूतावास साउदी अरेबियाले सूचना जारी गरी मृतकका हकवालाले पाउनुपर्ने ७ लाख ५८ हजार ७१६ रियाल ( २ करोड ४६ लाख २७ हजार रुपैयाँ) कन्सुलर बिभागमा पठाएको जानकारी दिइएको हो ।

    मृतकका तलबभत्ता, बीमा, ब्लडमनी, जीवन बीमा र सर्भिस, बेनिफिट बापत पाउनुपर्ने रकम पठाएको राजदूत प्रा.डा.महेन्द्रप्रसाद सिंह राजपुतको भनाई रहेको छ । उनका अनुसार कोरोनाका कारण यहाँ अदालतको काम अझै ठप्प छन् । सामान्य हुनासाथ दुताबासले अरु मुद्दाको नियमित फलोअप गरिनेछ ।

    त्यसैगरी दूतावास उपप्रमुख दिलीपकुमार पौडेलले दुर्घटनामा दोस्रो पक्षको संलग्नतामा ज्यान गुमाएका ६८ जना मृतकका परिवारलाई ब्लडमनी उपलब्ध गराउने प्रयास भइरहेको बताए । उनका अनुसार ब्लडमनी बापतको झण्डै ५६ लाख ६५ हजार ५ सय साउदी रियाल (१८ करोड ३९ लाख रुपैयाँ) पनि सम्बन्धित पक्षबाट असुल गर्ने प्रयासमा दुताबास निरन्तर लागीरहेको छ ।

    Leave a Reply