प्रआ.बर्णवालको वर्थक प्रयास पछि नृसिहं उच्च मा.विको ब्यवस्थापन समिति गठन,अध्यक्षमा कुर्मी चयन

  • ५ असार २०७७, शुक्रबार ०५:३३ मा प्रकाशित
  • वीरगंज
    श्री नृसिहं उच्च माध्यमिक विद्यालयको नयाँ ब्यवस्थापन समिति गठन भएको छ । विगत लामो समय देखि विद्यालय ब्यवस्थापन समिति गठन गर्न धेरै पटक प्रयास गरीएको भएपनि सफल हुन सकेको थिएन ।

    आज विद्यालयका प्रधानध्यपक अनिल कुमार वर्णवलको वर्थक प्रयासले विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा रामबाबु कुर्मीलाई सर्वसहमत बाट चयन गर्न सफल भएका छन् ।

    निवर्तमान अध्यक्ष कुर्मी एवं विभिन्न राजनितिक दलका प्रतिनिधी र अभिभावकहरुको उलेखनिय सहभागीतामा विद्यालय ब्यवस्थापन समितिको पदाधिकारीहरु सर्वसहमत बाट चयन गरीएको प्र.अ वर्णवलले बताएका छन् ।

    नृसिंह उच्च मा.वि पिपरामठको व्यवस्थापन समितिको छनौट सर्वसहमतिले पुर्णता पाएको छ । विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा राम बाबु कुर्मीलाई चयन गरीएको हो र सदस्यहरु महिला फुलझरी देवी, दलित महिला ललिता देवी पासवान, रामेश्वर कुर्मी, जयमंगल कापर एवं चन्दा दाता नृसिंह मठलाई राखिएको छ ।

    Leave a Reply