भाडा घटाउन प्रबासी नेपाली एकता मंच साउदी को माग

  • ३१ जेष्ठ २०७७, शनिबार १८:३५ मा प्रकाशित
  • प्रबासी नेपाली एकता मंच, साउदी अरबले एक बिज्ञप्ति जारी गर्दै कोभिड-१९ भाईरसको महामारीले निम्त्याएको संकटकालीन परिस्थितिमा चाटर्ड उडानको भाडा घटाउन नेपाल सरकार सग माग गरेको छ । साउदी अरबमा खान बस्न समस्यामा परेका खर्च बिहिन नेपालीहरु ले नेपाली राजदुताबास रियाद मार्फत नेपाल सरकार सङ्ग उद्दारको लागि अनुरोध गरेका थिए र अन्त: नेपाल सरकारले साउदीअरब बाट स्वदेश फर्काउन उद्दारको को नाम मा तोकेको हवाई भाडादर सामान्य अवस्थामा भन्दा झन्डै दुइ गुणाले बढी छ।साउदी अरब बाट नेपाल फर्किन चाहनु हुने पीडित नेपाली हरुको लागि तोकेको हवाई भाडा दर एकदमै बढी र तिर्न सक्ने अवस्था नभएको हुदा, नेपाल सरकार को तोकेको भाडादर प्रति प्रवासी नेपाली एकता मंच साउदी अरबको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै नागरिक हरुको र्यापिड चेक र पिसि आर चेकजाँच गर्नुको निमित्त पिडित नागरिक सग प्रयाप्त आर्थिक नभए कारण स्वास्थ चेकजाँच लाई सरल र सजिलो बनाउन सरकार लाई ध्यानाकर्षण गराउदछौ विज्ञप्तिमा भनियको छ ।
    मंचका अध्यक्ष शिवराज जैसी र सचिब राजु खनालले हस्ताक्षर गरेको विज्ञप्तिमा अगाडी भनिएको छ यहाँ रहेका पीडितहरुलाइ नेपाली दूतावास साउदी अरब रियाद र साउदी अरबमा स्थापित विभिन्न परोपकारी संघ-सस्था हरुले बिगत केही महिनादेखि लकडाउनको कारण समस्यामा परेका धेरै नेपाली हरुलाई राहत स्वरुप केहि खाद्यान्न सामग्री बाढी सकेका छन र अझै बाढने क्रम जारी छ। खाद्यान्न र बस्न को लाइ समेत खर्च बिहिन भएका त्यस्ता अति पीडित नेपाली नागरिक हरुको लागि नेपाल सरकारले नै सम्पुर्ण भाडा भुक्तान गरि उद्दार गरिनु पर्दछ , भन्नेमा हाम्रो संगठन जोड्दार माग गर्दछ। त्यसकारण, प्रवासी नेपाली एकता मंच साउदी अरब सरकारले तोकेको भाडादर तत्काकल परिमार्जन गर्न माग गर्दछ ।
    साथै साउदी अरबबाट नेपाल फिर्ता हुन चाहनु हुने नेपालीहरु लाई कोरोना जाँचका लागि गरिने पिसिआर टेष्टको शुल्कलाई साउदी सरकार संग बार्तालाप गरि नेपाली दुतावास रियादले उचित भुमिका खेल्दै सहज र सकेसम्म निशुल्क वा सस्तो गाराइदिन हुन सम्बन्धित निकाय सग हार्दिक अनुरोध गर्दछौ। प्रेश विज्ञप्तिमा जनाइएको छ

    Leave a Reply