सिरहामा घरमै पसेर युवतीलाई बलात्कार गर्ने मियाँ पक्राउ

  • ३१ जेष्ठ २०७७, शनिबार १०:१२ मा प्रकाशित
  • सिरहा, जेठ २९ गते ।

    सिरहामा सुतिरहेकी युवतीलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    छिमेकमै घर रहेको ती युवतीको घरमा पसेर बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ महोलिया निवासी २२ वर्षीय हैदर मियाँलाई पक्राउ गरेको हो ।

    गत आइतबार राति घरभित्र प्रवेश गरी मियाँले जबर्जस्ती करणी गरेको पीडित युवतीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

    उनका अनुसार पीडित युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिएको छ । घटना समबन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।todaypati

    Leave a Reply