साउदी अरब बाट तय भएको उडान रद्द, दुताबास रियादको जरुरी सूचना।

  • ३१ जेष्ठ २०७७, शनिबार २१:५० मा प्रकाशित
  • संवाददाता

    साउदी अरब | नेपाली दुताबास रियादले १३ जुन २०२० शनिवारका दिन प्रेस विज्ञप्ति जारी गर्दै “कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार साउदी अरब बाट तय भएको उडान तालिका रद्द सुचाना सार्वजनिक गरेको छ ।
    दुताबासले भनेको छ “नेपाली राजदूतावासमा भर्खरै प्राप्त जानकारी अनुसार हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति १५ जुन २०२० मा गर्ने भनेर तय भएको हवाई उडान अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित भएको व्यहोरा सूचित गरिन्छ। यस निर्णयबाट स्वदेश फर्कने तयारीमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा पर्न गएको असुविधाप्रति नेपाली  राजदुतावास, रियाद दु:ख प्रकट गर्न चाहन्छ ।

    उक्त वायुसेवाको नयाँ उडान मिति र नयाँ हवाई भाडादरको बारेमा सूचना प्राप्त हुनासाथ जानकारी गराउने व्यहोरा अनुरोध छ । साथै, हवाई उडानका लागि आवश्यक पर्ने PCR वा RDT  जस्ता स्वास्थ्य सम्बन्धी परीक्षण पनि हाललाई नगर्नुहुन सबैमा अनुरोध छ ।”

    One thought on “साउदी अरब बाट तय भएको उडान रद्द, दुताबास रियादको जरुरी सूचना।

    Leave a Reply