कोरोना संक्रमित २ जना विरामी अस्पतालबाट फरार

  • ३१ बैशाख २०७७, बुधबार १७:४६ मा प्रकाशित
  • वसन्त अनुभव

    विरगन्ज, ३१ बैशाख
    कोरोना भाइरस पोजिटिभ भै उपचाररत २ जना विरामी अचानक अस्पतालबाट भागेका छन । विरगन्जको नारायणी उप-क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनिहरु बुधबार भागेका हुन । विरगन्ज महानगरपालिका वडा नं. १३ र १६ निवासी ३० र १७ वर्षका ती ब्यक्तिहरु अस्पतालमा मंगलबार मात्र भर्ना भएका थिए।

    नारायणी उप-क्षेत्रीय अस्पताल विरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भाग्न सफल भएका थिए। अस्पतालबाट भागेका २ जना विरामी मध्ये एक जना थुनुवा भएको र तिनीहरुको खोजी कार्य भइरहेको जनाइएको छ ।

    Leave a Reply