नेपालमा कोरोनाको अवस्था र रोकथाम तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरू

  • ३१ बैशाख २०७७, बुधबार १६:२४ मा प्रकाशित
  • वसन्त अनुभव

    दाङ, ३१ बैशाख
    कोभिड १९ को महामारी विश्वको लागि ठूलो चुनौती बन्न पुगेको छ यतिबेला । विश्वका अधिकांस मुलुकहरूमा कोरोनाले आफ्नो गहिरो प्रभाव देखाइरहेको छ ।

    कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म लगभग तीन लाख (२ लाख ९१ हजार) मानिसहरुले अकालमा मृत्युवरण गरिसकेका छन भने साढे बयालीस लाख (४२ लाख ५५ हजार २ सय ९१ जना) संक्रमित हुन पुगेका छन । सर्वाधिक कोरोना संक्रमित हुने र मृत्यु हुनेमा अमेरिका पहिलो स्थानमा पर्दछ ।

    हालसम्म अमेरिकामा संक्रमितको संख्या १३ लाख ६७ हजार ९ सय २७ जना रहेको छ भने मृत्यु हुनेको संख्या ८२ हजार २ सय ४६ जना रहेकोे छ । कोरोनाका संक्रमित संख्यालाई हेर्दा अमेरिका पछि रुस, स्पेन, बेलायत, इटाली आदि मुलुकहरू शिर्ष स्थानमा पर्दछन ।

    नेपालको छिमेकी मुलुक भारत कोरोना संक्रमित बिरामीको हिसाबले विश्वको १२ औ स्थानमा र मृत्यु भएका विरामी संख्याको हिसाबले १६ औ स्थानमा पर्दछ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ७४ हजार २ सय ४३ जना र मृत्यु हुनेको संख्या २ हजार ४ सय १५ जना पुगिसकेको छ ।

    नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन दुई गुना रात चार गुणा भने जस्तै तिब्र गतिमा वृद्धि भइरहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण कसैको मृत्युु भएको पुष्टि नभएपनी पछिल्लो समय यसको वृद्धिदर हेर्दा चिन्ताजनक रहेको छ ।

    नेपालमा अहिले कोरोना संक्रमितको संख्या २१७ जना पुष्टि भइसकेको छ । विगतका तुलनामा कोरोना परिक्षणको दायरा वृद्धि गरिएतापनि पर्याप्त मात्रामा हुन सकेको छैन ।

    कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्ने कार्य निकै चुनौतीपुर्ण कार्य हो । नेपालको छिमेकी मुलुक चीनको वुहान प्रान्तमा कोरोना ब्रेक भइ विश्वका अन्य मुलुकमा फैलिन शुरु गर्दा बखत देखि नै नेपालले आवश्यक सतर्कता अपनाउन जरुरी थियो ।

    तर त्यतिबेला सरकारले यसतर्फ खासै चासो दिन उचित संझेन । गत माघ महिनामा नेपालमा पहिलो कोरोना संक्रमित पुष्टि हुँदा पनि सरकारले गंभिरतापुर्वक लिन सकेन। बरु स्वास्थ्य संबन्धी सुरक्षा सामग्री खरिद प्रकरणमा करोडौं रकम कमिसन खान थालेको समाचार पत्रपत्रिका लगायत संचार माध्यममा छताछुल्ल हुनपुग्यो ।

    सरकारले कोरोना महामारीको संकेत पाउनु बित्तिकै उच्च सतर्कता अपनाउनु पर्दथ्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत मानिस आवतजावत गर्ने सिमानाकामा कडा चेकजाँच , निगरानी गर्नुपर्थ्यो । तत्काल अन्तर्राष्ट्रिय हवाई र स्थलगत यातायात बन्द गरिनुपर्थ्यो ।

    तर विविध कारणबश सरकारले त्यसो गर्न सकेन । बरु पछि हतारहतारमा आकस्मिक लकडाउन लागू गर्‍यो । कम्तिमा १ हप्ताको समयसिमा राखेर कामकाजको सिलसिलामा घर बाहिर गएका नेपालीहरुलाई घर फर्कन सूचना प्रवाह गर्नुपर्थ्यो ।

    भारत लगायत अन्य मुलुकमा रहेका नेपालीहरु जो घर आउन चाहन्छन तिनलाई समयसीमा तोकि सूचना जारी गरि स्वेदेश फर्कन समय दिनुपर्थ्यो ।

    भारत लगायत तेश्रो मुलुकबाट भित्रने वा भित्राइएका नेपालीहरुलाई कडा चेकजाँचका साथै अनिवार्य १४ दिनको क्वारेन्टाइन बस्ने ब्यवस्था गरिनु पर्थ्यो । तर सरकारले त्यसो नगर्दा लकडाउन भनेको केहो भनेर नबुझेका र कहिले नभोगेका नेपालीहरु लकडाउन भएको १ हप्ता पनि नबित्दै अत्तालिए र हिडेर भए पनि घर फर्कन थाले ।

    बाटोमा यातायातका साधन, गाडी नगुडे पनि हुलकाहुल हिडेका मानिसहरूको भिडले बाटो कहिल्यै सुनसान हुन पाएन । मानिसहरू भोकप्यास निद्रा थकाइ केही नभनी २/३ हप्ता हिडेर भएपनी घर पुग्ने प्रयास गरे र पुगे पनि । सरकारले तमासे भै हेर्नू सिवाय केही गर्न सकेन । पछिल्लो समय केहि स्थानीय सरकार, ब्यक्ति, संघसंस्थाहरुको प्रयासमा ती पैदल यात्रुलाई खाना, खाजा, पानी र यातायातको व्यवस्था गरि पठाउने गरेको देखियो । त्यहाँ नत सामाजिक दुरि कायम गरेको देखियो नत मुखमा मास्क नत साबुनपानीले हात धुने नै गरेको देखियो । त्यतिबेला संक्रमण फैलने उच्च जोखिम रहदारहदै पनी भाग्यवश भयावह रुप देख्नु परेन ।

    लकडाउन जारी गरि नाकाहरु बन्द गरिदा रोजगार, अध्ययनका लागि भारतमा रहेका नेपालीहरु आफ्नो घर स्वेदेश फर्कन बाट बन्चित भए । अलपत्र परेका नेपालीहरु नाका छलेर लुकिछिपी हिडेर नेपाल प्रवेश गरे । एकजनाले महाकाली नदि पौडेर पार गरि नेपाल आएको हामी सबैले देखे सुनेकै कुरो हो । भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको बेलामा नेपालीहरु यसरी नेपाल प्रवेश गर्दा आफुमात्र नछिरी कोरोना पनि भित्राएको भन्ने बेला बेलामा नेपालमा भेटिएका कोरोना पोजिटिभ केसले प्रमाणको पुष्टि गर्दछन ।

    भारतमा भएको धार्मिक कार्यक्रममा सहभागी भएर फर्किएका नेपाली मुस्लिम धर्मगुरु (जमाती ) हरुलाई सहज रुपमा नेपाल प्रवेश गर्न दिई क्वारेन्टाइनमा राखी कोरोना परिक्षण गरि छोड्नु पर्नेमा जारी लकडाउनका कारण उनिहरु नाकाबाट नेपाल प्रवेश गर्न पाएनन। परिणामस्वरुप उनिहरु लुकिछिपी नेपाल प्रवेश गरि घर, मस्जिदमा लुकेर बस्ने गरेको देखिन्छ । भारतबाट नेपाल आउँदा आफुसँगै ल्याएको कोरोना रुपि कोशेलि अन्जानमै आफ्ना आफन्त, सहकर्मी, साथी, परिवारमा बाड्न पुगे । जुन पटकपटक पुष्टि हुने कोरोनाको परिणामले देखाईरहेको छ ।

    नेपालको परिप्रेक्षमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि गर्नुपर्ने उपायहरु

    भारत लगायत अन्य मुलुकबाट नेपाल फर्कन चाहने नेपालीहरुलाई उनिहरुको स्वेदेश फर्कन पाउनु पर्ने नैसर्गिक अधिकारको संरक्षण गर्दै जतिसक्यो चाडो नेपाल ल्याउने ।

    नेपाल आएका ती नेपालीहरुलाई अनिवार्य १४ दिनको क्वारेन्टाइनमा बसाली पिसिआर परिक्षण गरेर मात्र नेगेटिभ रिपोर्ट आएकालाई स्वा.क.को निगरानीमा ७ दिने सेल्फ होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने ।

    क्वारेन्टाइन स्थलमा अव्यवस्थित खानपान, बसाई आदिका कारण विगतमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरु बस्न नचाहने, भाग्ने गरेकाले अत्यावश्यक सुविधा सम्पन्न, सामाजिक दुरि कायम हुने गरि खाने बस्ने व्यवस्था भएको क्वारेन्टाइन स्थल बनाइनु पर्ने ।

    सिमानाबाट नेपाल प्रवेश गर्ने नेपालीहरुलाई क्वारेन्टाइनमा राख्नका लागि सिमाना नजिक नै क्वारेन्टाइन स्थल निर्माण गर्ने ।

    कोरोना संक्रमितहरुलाई जनरल अस्पतालमा नराखी कोरोना विशेष अस्पतालमा राखेर उपचार गरिनुपर्ने । सकभर ठूलो क्षमताको अस्पताल निर्माण गरि सबै संक्रमितलाई एउटै अस्पतालमा राखी उपचार गर्ने ।

    कोरोना संक्रमणको जोखिमका दृष्टिले नेपालका रेडजोनमा परेका जिल्लाहरुका सम्पुर्ण आमनागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी आदिको अनिवार्य कोरोना जाँच गरिनु पर्ने ।

    एकपटक कोरोना संक्रमित भै निको भएर घर फर्किएका ब्यक्तिहरुको पनि निरन्तर फलोअप गर्ने ।

    कोरोनाका कारण भन्दा पनि भोकमरी, चिन्ता, भय, तनावका कारण मान्छे नमरुन भन्ने कुरोलाई मध्येनजर गर्दै स्थानीय परिस्थिति अनुकुल विवेकपुर्ण तरिकाले लकडाउन कडा वा लचिलो बनाउने ।

    रेडजोनमा परेका बाहेकका जिल्लामा उच्च सतर्कताका साथ लकडाउन खोल्दा उचित हुन्छ । जनजीवन सामान्यिकरण गर्ने।

    संक्रमित भेटिएको स्थानीय निकायलाई परिस्थिति सामान्य नहोउन्जेल सिल गर्ने ।

    सकभर एकजिल्लाबाट अर्को जिल्ला आवागमन निषेध गर्ने ।
    घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउने, सामाजिक दुरि कायम गर्ने र गराउने । मास्क नलगाउनेलाई दण्डको व्यवस्था गर्ने ।

    खाद्यान्न लगायत सम्पुर्ण सामग्री ढुवानी गर्ने साधनलाई अनिवार्य डिसइन्फेक्ट गरेर मात्र प्रवेश अनुमती दिने । सामान पनि डिसइन्फेक्ट गरेर मात्र ग्रहण गर्ने ।

    कोरोना अस्पताल वा क्वारेन्टाइन स्थलमा रहेका विरामीहरुको रोग प्रतिरोधात्मक क्षेमता अभिबृद्वी गर्न र तनाव व्यवस्थापन गर्नका लागि जडिबुटीजन्य औषधि, योग, प्राणायाम, ध्यान जस्ता क्रियाकलाप व्यापक बनाउने ।

    Leave a Reply