
वसन्त अनुभव
घोराही, दाङ, ३१ वैशाख
दाङ जिल्लाको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवजात शिशु सघन कक्ष तथा बाल सघन कक्ष र १० बेडको आईसीयु Intensive Care Unit (ICU) को एकसाथ उद्घाटन गरिएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधवार आज आयोजित एक कार्यक्रममा रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटन पछि शुभकामना मन्तव्य दिनु हुदै मुख्यमन्त्री पोखरेलले अबदेखि प्रतिष्ठानबाट विरामी रेफर भएर बाहिर जाने होइन, अन्यत्रबाट रेफर भइ यहाँ आउने गरि काम गर्नुपर्ने बताउनु भयो ।
उहाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैको साझा अस्पताल तथा एकेडेमीक संस्था भएकोले यसको सेवा, शिक्षा तथा अनुसन्धान कार्यलाई सफल पार्न सम्पुर्ण दंगाली जनता एवं जनसमुदायले आ-आफ्नो स्थानबाट आवश्यक सहयोग गर्नुपर्ने औल्याउनु भयो ।

साथै मुख्यमन्त्री पोखरेलले विश्वव्यापी संक्रमणको रुपमा रहेको नोवेल कोरोना भाईरस (COVID-19) परिक्षण गर्नका लागि आवश्यक PCR मेशिन भित्र्याउन सफल भएकोमा प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीको प्रशंसा सहित धन्यवाद समेत व्यक्त गर्नुभयो ।

