काठमाडौंमा एकाबिहानै कहालीलाग्दो दुर्घटना, एकको मृत्यु

  • २६ बैशाख २०७७, शुक्रबार १०:५९ मा प्रकाशित

  • काठमाडडौं ।  काठमाडौंको रविभवनमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

    आज बिहान रविभवनमा भएको दुर्घटनामा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

    बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एक आपसमा जुध्दा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको ज्यान गएको हो ।

    कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनी कुखुराको मासु बोकेर आएका थिए । दुर्घटनापछि सडकभर मासु छरिएको थियो । 

    Leave a Reply