तिम्सिना क्षितिजको आर्थिक सहयोगमा दलितकालागि खाद्यान्न राहत वितरण

  • २६ बैशाख २०७७, शुक्रबार ११:०६ मा प्रकाशित
  • राहत सामग्री दिदै दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज राम

    उमेश कुशवाहा बिरगंज

    पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा-१९ विन्दबासनी केहुनिया र सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा दलित अधिकार समाज पर्सा,नेपाल peace4Dalits Foundation Nepalको विशेष पहल र धर्मेन्द्र तिम्सिना क्षितिज ज्युको आर्थिक सहयोगमा ११ घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको छ।

    छुट्टाछुट्टै ५/६ गरि २ गाउँमा खाद्यान्न वितरण गरिएको छ।कोरोना भाईरस संक्रमणबाट बच्नको लागि देशभरी लकडाउनको अवस्था रहेकोे छ।

    लकडाउनको कारणले गर्दा मजदुर, श्रमिक, ईटाभाटामा काम गर्ने, ज्यालादारी तथा साहुको खेतमा काम गर्ने दलितहरु समस्यामा रहेका छ।

    धेरै जसो दलितहरुको घरमा चुल्हो नबलेको अवस्था रहेकोे छ। धेरै घरपरिवार भोकभोकै रहेकोे समस्या रहेकोे छ। धेरै जनालाई राहत सहयोग गर्न नसकिएको अवस्था रहेकोे छ।

    जस मध्ये पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनको दलित ५ घरधुरीलाई र बिरगंज महानगरपालिका वडा-१९ विन्दवासनी केहुनियामा ६ घरधुरीलाई गरि जम्म ११ घरपरिवार लाई खाद्यान्न राहत वितरण गरिएको छ।

    राहत दिनको लागि राखिएको राहत सामग्री

    राहत खाद्यान्नमा चामल, दाल, तेल, नुन, आलू , मसला , सालाइ, साबुन रहेकोे छ।
    दलित अधिकार समाज पर्साका
    अध्यक्ष मनोज रामले जनकारी गराउनु भयो।

    Leave a Reply