
उमेश कुशवाहा,बीरगंज
नेपालको अलौसिमा नाकासंग जोडिएको बीरगंज महानगरपालिका १७ मा सशस्त्र प्रहरीका जवान र भारतीय नागरिक बीच झड़प भएको छ।
एक भारतीय ब्यक्तिले सीमावर्ती भारत बिहारको हरैया गाउँबाट केहि समान लिएर आउदै थिए।
पछि सशस्त्र प्रहरी जवानले आवत जावतमा रोक लगाए पछि फर्केर गएका उनले समान लुकाएर थप १०/१५ जना भारतीय नागरिक साथीलाई लिएर आएर सशस्त्र प्रहरी जवानमाथि हात पात गर्न थाले।
अलौंको सिवानटोल नाकामा खटिएका सशस्त्र प्रहरी जवान बालप्रसाद भारतले उनलाई रोकेर सोधपुछ गर्दा उनले बिबाद गर्न थाले। त्यस क्रममा सशस्त्र प्रहरी जवानको पोशाक च्यातिएको थियो।

ड्युटीमा रहेका जवानमाथि आक्रमण भएपछि अर्का ,सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले ले फायरिङ गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि हवाई फायर गर्नु परेको जानकारी दिए ।
घटनाको खबर पाए लगत्तै सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँरको नेतृत्वमा सशस्त्र प्रहरीको टोली र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह घट्ना स्थलमा पुगेर स्थिति सामान्य बनाएका थिए।

