
काठमाडौं । नेपालमा कोरोना संक्रमितको अस्पताल बसाई औसतमा एक सातादेखि १० दिनसम्म रहेको छ । अहिलेसम्म करिब दुई सय निको भएर घर फर्किसकेका छन् । अधिकांश दुई सातामै निको हुने गरेका छन् ।
यसअघि सरुवा रोग अस्पताल टेकुको आइसोलेसन वार्डमा बसेकी नर्सले चार दिनमै कोरोना जितेकी थिइन् । उनले एउटा सिटामोलसमेत नखाई कोरोनालाई पराजित गरेको बताएकी थिइन् ।
शुक्रबार कोरोना संक्रमित भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधिको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि एक हप्तामै डिस्चार्ज भएकी छिन् ।
भक्तपुर नगरपालिकाकी ४२ वर्षीया उनलाई ९ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । दोस्रोतपटक गरिएको परीक्षणमा बिहीबार उनको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको वडाध्यक्ष रविन्द्र ज्याख्यले जानकारी दिए ।
क्यानडानेपाल.कम बाट ।

