बनेपामा आगलागी हुँदा ५ घाइते, उपचारका लागि काठमाडौं लगियो

  • १६ जेष्ठ २०७७, शुक्रबार १२:२१ मा प्रकाशित
  • काभ्रेको बनेपा-७ तरकारी बजारमा ग्यास चुहिएर आगलागी हुँदा ५ जना घाइते भएका छन्।

    स्थानीय रत्नकुमार शाह ठकुरीको घरको तेस्रो तलास्थित भान्छामा रहेको ग्यास लिक भई आगलागी भएको हो।

    आगलागीमा परी १८ महिने शिशुसहित २६ वर्षीय रुकेश, २४ वर्षीया सोफी, १६ वर्षका आयुष र अनिश ठकुरी घाइते भएको प्रहरीले जनाएको छ।

    बनेपाको शिर मेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनीहरूलाई काठमाडौंको कीर्तिपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। भान्छा कोठा पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। नेपालखबरमा छापिएको छ ।

    Leave a Reply