
महामारिका रुपमा बिश्व जगतमा फैलिएको काेराेना भाइरस Covid-19 बाट नेपालमा प्रभावित गाउँ गाउँमा नेपाली मुस्लिम समुदाय विकास केन्द्रले राहत बितरण गरेको छ ।
यतिबेला विश्व मानव समुदाय नै आक्रान्त र पीडित बनेको अवस्थामा नेपाल पनि दिनानुदिन यसको बड्दो प्रकोपबाट गुज्रिरहेएको अबस्थामा करिब दुई महिना बढी लकडाउन भएको छ । लकडाउनको चपेटामा परेर आफ्नो दैनिकी चलाउन धौधौ परेका पीडित परिवारलाई पहिचान गरि उक्त मुस्लिम संस्थाले राहत बितरण गरेको छ ।
स्थापनाकालदेखि नै नेपालका विभिन्न जिल्लाहरूमा समाज कल्याणका कामहरू गर्दै आइरहेको “नेपाली मुस्लिम समुदाय विकास केन्द्र नेपाल” काठमाडौं-३२ का अध्यक्ष यज्ञराज शर्मा (इम्ब्राहिम)को निर्देशन तथा कार्यवाहक अध्यक्ष माेजिया हुसैन, उपाध्यक्ष केदार बिक (अब्दुल कादर), काेषाध्यक्ष चन्द्र कुमार श्रेष्ठ(कमाल), सदस्य श्याम प्रसाद तिमल्सिना(सियाम) र अन्य केन्द्रीय सदस्यहरू तथा साधारण सदस्यहरूकाे सहभागीतामा संस्थाका पदाधिकारीहरू, केन्द्रीयसदस्यहरू तथा साधारण सदस्यहरूबाट आर्थिक सहयाेग संकलन गरि प्रथम पटक ४ वैशाख २०७७ मा ११० परिवारलाई रू ९८९०० बराबरको खाद्य सामाग्री खरिद गरि प्रति परिवार १० केजी चामल, दाल १ केजी, आलु २ केजी,तेल १ लिटर, नुन १ केजी,साबुन १ वटा का दरले राहत वितरण गर्न आरम्भ गरेकाेमा संस्थाले राहत वितरण हरेक ६-७ दिनकाे अन्तरालमा छैटौं पटक सम्म वितरण गरि सम्पन्न गरेकाे छ। दाेस्राे पटक संस्थाले ३५ घर परिवारलाई चामल २५ केजी, दाल ३केजी, नुन १ केजी, चिनी ३ केजी, चना ३ केजी, तेल ३ लिटर, उच्च गुणस्तरीय खजुर ८०० ग्राम गरी ३२ सय रुपैयाँ (प्रति परिवार) बराबरको खाद्यान्न सामग्री वितरण गरेको थियो।
त्यसैगरी तेस्रोपटक संस्थाले ३० घर परिवारलाई,चाैथाे पटक ३५ घर परिवारलाई, पाँचौं पटक ४५ घर परिवारलाई र छैटौं पटक ७५ घर परिवारलाई समान तरिकाबाट खाद्यान्न राहत वितरण गरेकाे छ।
संस्थाले छैटौं पटक सम्म राहत सहयाेग वितरण संस्थागत स्थानीय सदस्यहरू, विदेशमा कार्यरत सदस्यहरूबाट आर्थिक सहयाेग संकलन गरी राहत वितरण गरेकाे हाे। संस्थाले नेपाल सरकारका कुनै निकायका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयाेगी दातृ संस्थाबाट हालसम्म कुनै प्रकारकोआर्थिक तथा भाैतिक सहयाेग प्राप्त नगरेकाे बताएको छ। संस्थाले आगामी दिनहरूमा आउने अनेकौं संकटहरूमा सहयाेग गर्न नेपाल सरकार तथाअन्य निकायहरूसँग आर्थिक सहयाेग जुटाउन गरेका प्रयास र आग्रहहरू असफल भएकाे समेत बताएकाे छ। संस्थाले छाेटाे समयमै विभिन्न क्षेत्रमा सहयाेग गर्दै आएकाे छ।
सामाजिक, आर्थिक तथा मानवीय चेतनाको सहयाेग संस्थाले गर्दै आएकाे छ। विशेषगरी संस्थाले समय समयमा जनचेतनामूलक कार्यक्रम,बाल शैक्षिक कार्यक्रम, सामाजिक विसंगति प्रति भण्डाफाेर, विपन्न वर्गलाई आर्थिक सहयाेग, असक्त अपांग र अनाथ बालबालिका तथा विद्यार्थीलाई सहयाेग तथा दैवीप्रकोपमा राहत वितरण, विभिन्न खाले विरामीहरूकाे उपचारमा सहयाेग प्रदान गर्दै आएकाे छ। भविष्यमा आउने दिनहरूमा सबैसँगकाे हातेमालो र सहकार्यमा प्रगतिशील कार्यक्रमहरू सम्पन्न गर्न कुनै पनि आर्थिक भाैतिक सामाजिक तथा नीतिगत जस्ता सहयाेगहरू गर्दैजाने संस्थाका अध्यक्षले बताएका छन्। हाल सम्म संस्थाकाेगतिविधि राम्रो रहेकाे पाइएको छ ।झरनाखबरमा छापिएको छ ।

