समर्पण रम्जान

८ अप्रिल २०२०, तबुक साउदी अरब ।
बिगत केही दिन देखि भोकै रहेका मर्वान एच ए मुसा कम्पनी मा कार्यरत नेपालीहरुलाइ एनआरएनए आरसिसि तबुकद्वारा खाद्यान्न समाग्री प्रदान गरेको छ ।
बिगत १५ महिना अगाडी परि ओभर्सिज सिनामंगल काठमाडौका संचालक पंकज मिश्र द्वारा १५०० रियालको करार पत्रमा दस्तगत गरेर आएका १२ जना नेपाली साउदी आएपछि १२०० रियल मात्रै पाएका थिए ।
साउदी अरबको तबुक स्थित मर्वान एच ए मुसा कम्पनीमा ड्राइभर कामका लागी आएका १२ जना नेपालीहरुले बिगत छ महिना देखि तलब पनि पाएका छैनन् । भने खानको लागि पैसा माग्दा समेत पैसा नदिएकोले बिगत तिन दिन देखि भोकै बस्नु परेको थियो ।
एकातर्फ नोभेल कोरनाका कारण २४ घन्टे कर्फु भने अर्कातिर कम्पनीले खान समेत पैसा नदिदाँ भोकै पीडित परेका नेपालीहरुको समस्या एनआरएनए आरसिसि तबुकले थाह पाए पछि कर्फ्युको समयमा आफुलाइ जोखिम मोल्दै भए पनि पीडित नेपाली श्रमिकहरुलाइ चामल, नुन तेल, आलु प्याज जस्ता खाद्यान्न समाग्री उपलब्ध गराएको कुरा आरसिसि तबुकका अध्यक्ष अर्जुन थापाले जानकारी दिए ।
उहाँहरुको यो समस्यालाई महाबाणिज्य दूतावास जेद्दामा बारम्बार निवेदन गरिरहंदा पनि समस्याको समाधान नभएको पीडितहरुले बताए ।


