
लन्डन। कोरोना भाइरसबाट अहिले विश्व अत्यन्तै दुखको घडीमा गुज्रिरहेको छ। यो भाइरस लाग्ने सबैको मृत्यु हुन्छ भन्ने भ्रममा नपरौं किनकी धेरै जनालाई पोजेटिभ भएपनी निको भएका अनेकौं खुशीका खबरहरु आएका छन्। तर बिडम्बना अनि एक दुखद खबरका साथ तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट निधन भएको दुखद समाचार प्राप्त भयको छ ।
५९ वर्षीय समाजसेवी गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार सांझ निधन भएको तमु धीं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक गुरुङले जानकारी दिनु भयको छ। नेपाल पर्वत स्थायी घर भई लामो समय देखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका पूर्व गोरखा सैनिक- 21163241 Ex GTR चेत बहादुर गुरुङ १४ दिन देखि रोगबाट थलिएका थिए।
गुरुङको निधनप्रति तमुधि लन्डन इकाइले गहिरो शोक व्यक्त गरेको छ। गुरुङको असामयिक निधनबाट हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा शीतलपाटीन्युज परिवार स्वर्गीय आत्माको चिर शान्तिका साथै परिवारमा इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछौ।
यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण दुखद निधन भएको थियो।
शितलपाटिन्युज.कम बाट


blessing to all of this beautiful earth who deserves.