
तुलसीपुर, दाङ, २० चैत
तुलसिपुर उ.म.न.पा.-६ निवासी एक सफल व्यापारी एवं समाज सेबी हाेातराम अाचार्यले तुलसीपुर फुड बैंकलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।
उहाँले तुलसीपुर उ.म.न.पा. वडा नं.६ मा रहेका अति विपन्न गरिब, मजदुरहरु जसलाई विहान बेलुकाको छाक टार्न मुस्किल परेकोछ उनिहरुलाई वितरण गर्नका लागि भनी १५० के.जि. चामल र २५ के.जि. स्वायविन सहयाेग गर्नुभएकाे छ ।
नेपाल आर्मीवाट अवकास प्राप्त आचार्यको सानै देखि सामाजिक कार्यमा रुचि रहेको थियो । तर उहाँले सहयोग गर्नका लागि उपयुक्त अवसर हालसम्म नमिलेको गुनासो गर्नुभयो ।
आफ्नो सहयोग गर्ने इच्छा हुदाहुदै पनि सहयोगको ब्यवस्थापन र वितरण गर्ने भरपर्दो संघसंस्था अगाडी नआईदिदा सहयोग गर्न नसकेको बताउनुभयो । तर अब त्यस्तो अवस्था नरहेको उहाँको भनाई रहेको छ ।

