
रम्जान समर्पण
२० चैत २०१७६। कोरसका कारण सम्पूर्ण देश विदेश आतंकित बनिरहेको अबस्थामा उक्त भाईरसको असर फैलन नदिन लकडाउनमा रहेको नेपाललाई मध्यनजर गर्दै श्री माता फूलमति शिक्षा मन्दिर बिद्यालय रुपन्देहीले बिध्यार्थीहरुलाई चैत्र महिनाको शुल्क नलिने घोषणा गरेको छ ।
लकडाउनले सम्पूर्ण काम धन्दा बन्द रहेको, मजदुरी गरि दैनिक गुजारा चलाउने मजदुरहरुले दैनिक उपभोग्य सामान जुटाउन पनि धौधौ परिरहेको यस संबेदनसील अबस्थालाई मध्यनजर गर्दै यो निर्णय गरेको हो ।
उक्त बिद्यालयले एक प्रेस बिज्ञप्ति निकाल्दै यस बिद्यालयमा पठनपाठन गरिरहेका बिध्यार्थीहरुको अभिभावकहरुमा केहि राहत दिने यस परिस्थितिमा आफनो बिद्यालयले पनि सहयोग गर्ने उद्देश्यका साथ चैत्र महिनाको कुनै पनि शुल्कहरु नलिने निर्णय गरेको हो । बिद्यालयका प्रधानध्यापक रमाकान्त शर्माले जानकारि दिए ।

