अब वैशाख ५ गतेसम्म लकडाउन !

  • २० चैत्र २०७६, बिहीबार २०:३४ मा प्रकाशित
  • काठमाण्डु, २० चैत– सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गर्ने भएको छ ।

    कोरोनाका छैटौं संक्रमित फेला परेसँगै सरकारले लकडाउनको अवधि बढाउने भएको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो ।
    तर, संक्रमितको संख्या थपिँदै गएपछि दोश्रोपटक गरिएको लकडाउन २५ चैतमा सकिँदैछ ।

    बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा समेत मन्त्रीहरुबीच अनौपचारिक रुपमा लकडाउन बढाउनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

    उनका अनुसार वैशाख ५ गतेसम्मका लागि लकडाउनको अवधि बढाउन समितिले मन्त्रिपरिषदसमक्ष सिफारिस गर्नेछ । सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ ।
    काठमाण्डु टुडे

    Leave a Reply