
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले कोरोना भाइरस द्वारा विश्व जगत महामारीले आक्रान्त भएको अवस्थामा सम्पूर्ण नेपाली पत्रकार हरुमा समाचार सम्प्रेषण गर्दा समाचारको शिर्षक र समाचारको कन्टेन्ट उत्तेजक/दुख र चोट पुर्याउन सक्ने नराखी प्रेरणा मिल्ने , साहस थपिने वा मनोवल उच्च बनाउन प्रेरणा मिल्ने किसिमका सामाग्री/लेखहरू मात्र सम्प्रेषण गर्न र आधिकारीक निकाय वा सो नभएमा कम्तिमा पनि दुई भन्दा बढी स्रोतबाट भेरिफाई गरेर मात्रै सम्बेदनशील सामाग्रीहरु समाचारमा ल्याउन ईन्जा हार्दिक आग्रह गर्दछ भनि इञ्जा द्वारा जारी गरिएको बक्तब्य मा भनिएको छ!
पूर्ण पाठ को लागि तल हेर्नुहोस !

आदरणीय दाजुभाई दिदाबहिनीहरु! बर्तमान संक्रमणको समयमा यहॉहरुको बसाई स्वस्थ्य र सुरक्षित रहोस, हामी कामना गर्दछौं ।
संचारकर्मी साथीहरू! यतिबेला घरभित्र उपचारकालागि वा सावधानीकालागि बसेका परिवारहरू कोरोना भाइरसको सन्त्रास र यसबाट निधन हुन पुगेकाहरूको समाचार, तस्विर लगायतका सामाग्रीहरूको व्यापक सेयर र प्रचारका कारण तनावले गर्दा विरामीहरू र जो कोही पनि एन्जाइटी र डिप्रेशनमा जान सक्ने अवस्था आउन सक्छ। अत: यस अवस्थामा के कस्तो रिपोर्टिंग वा समाचारमात्र सम्प्रेषण गर्ने हो यो जटिल पनि छ ।
यो दुखको अवस्था हो तर बाचेका वा बाच्न अस्पताल र घरमा संघर्ष गरी रहेकाहरूलाई बचाउनु हामी सवैको कर्तव्य हो। समाचार सम्प्रेषण गर्दा समाचारको शिर्षक र समाचारको कन्टेन्ट उत्तेजक/दुख र चोट पुर्याउन सक्ने नराखी प्रेरणा मिल्ने , साहस थपिने वा मनोवल उच्च बनाउन प्रेरणा मिल्ने किसिमका सामाग्री/लेखहरू मात्र सम्प्रेषण गर्न र आधिकारीक निकाय वा सो नभएमा कम्तिमा पनि दुई भन्दा बढी स्रोतबाट भेरिफाई गरेर मात्रै सम्बेदनशील सामाग्रीहरु समाचारमा ल्याउन ईन्जा हार्दिक आग्रह गर्दछ ।
यसै गरी समाचार दिने स्रोतहरु एवं समाजका सदस्यहरुलाई पनि आफूलाई एकिन नभएका वा सुनेका कुरालाई मात्र आधिकारिक भन्दै संचार जगतलाई उपलब्ध नगराउनु हुन अनुरोध गरिन्छ । यस्तै यो संकटको घडीमा आफ्नो ज्यानलाई पनि जोखिममा राखेर निरन्तर आम समुदायलाई सूसुचित गर्न दत्तचित्त भएर खटिएका संचारकर्मीहरुलाई सम्मानका साथ टीकाटीप्पणी र सुझाव दिनुहुन साथै अनावश्यक तरीकाले संचारकर्मी र समाजको चौथो अंगको रुपमा रहेको संचार जगतकै अपमान र अनास्था हुने कुरा आफ्ना सामाजिक संजालहरुमा राखेर परिवेशलाई उत्तेजित नबनाई दिनु हुन पनि ईन्जा समाजका जिम्मेवार ब्यक्ति, ब्यक्तित्व र विशेषत: सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको ध्यानाकर्षण पनि गराउन चाहन्छ ।
मर्यादित पत्रकारिता (विशेषत: अनलाइन संचार) र मर्यादित समाजको निर्माणमा संचार र समाज दुवै एकैसाथ नलागि सम्भव नहुने भएकोले यतातिर सम्बन्धित सवैको ध्यान जान जरुरी ठान्दछौ । अन्तमा, यस संक्रमणबाट आफु सुरक्षित बनौ र आफ्ना परिवार लगायत छर छिमेकी समेतलाइ सुरक्षा प्रदान गरौ।
धन्यवाद !
ईन्जा मुख्यालय
मुख्य कार्यालय, भर्जिनिया

