
–वसन्त अनुभव-
दाङ,घोराही, ३० चैत
दाङ जिल्लाको घोराहीमा स्थापना भएको उज्यालो विहानी फाउन्डेसन यतिबेला हरेक दु:खी, गरिब, विपन्न एवं समस्यामा परेको पीडितहरुको अभिन्न साथी बन्न पुगेको छ
स्थापनाकाल देखि नै समाजमा देखा परेका सामाजिक समस्याहरुका विरुद्ध खडा भै समस्या निराकरणमा अहम भुमिका खेल्दै आएको छ । गैह्र नाफामुलक संस्थाका रुपमा स्थापित उज्यालो विहानी फाउन्डेसनको पहलमा थुप्रै कामहरु सम्पन्न भैसकेका छन ।
साथै राहतका सम्बन्धमा प्रष्ट पार्दै अध्यक्ष एमसीले “लकडाउनकै कारण कोही मानिस पनि भोकै बस्न नपरोस् र अकालमा ज्यान गुमाउन नपरोस् भन्नू नै फाउन्डेसनको चाहना भएको” बताउनु भयो । साथै उहाँले “आलोचना गर्नेहरुको मुख थुन्न नसकिने भएको हुदा आलोचना गर्नेहरुले गर्दै गरून् आफू कर्तव्यबाट विमुख हुन नसक्ने र गरिबहरुको दु:ख पीडा टुलुटुलु हेरेर नबस्ने बताउनु भयो ।

यस संस्थामा विभिन्न क्षेत्रका युवाहरू जस्तो कि डाक्टर, इन्जिनियर, लेक्चर आदि संलग्न रहेका छन । समाजमा कुनै पनि समस्या आईपर्दा यस संस्थाका युवाहरू आआफ्नो पकेट मनि निकालेर, आफू भोको रहेर पनि अरुको समस्या समाधानमा जुट्ने गरेका छन ।
उज्यालो बिहानि फाउन्डेसनले पानी अभियान चलाएर घोराही उपमहानगरपालिका १८ मा पानीको व्यवस्थाका लागि सरोकारवाला निकायकहाँ डेलिगेसन गएर, झक्झक्याएर कामको सुरुवात गरेको छ । जग्गा भाडामा लिएर भएपनी खेलकुद मैदानको निर्माण गर्ने काम गरेको छ । त्यस्तै बाटोको पोलहरुमा सडक बत्ति जडान गर्ने, त्यसको संरक्षण गर्ने कार्य गर्दै आएको छ।
फाउन्डेसनका युवाहरू कहिले स्वास्थ्य शिविर गर्न लागि पर्छन त कहिले समाजमा हुने गरेका झैझगडा, विवाद मिलाउन अगाडि सर्छन । फाउन्डेसनबाट हुने हरेक कामको समन्वयकारी भुमिका भने फाउन्डेसनका अध्यक्ष डा. गिर रोदन एमसीले गर्दै आउनु भएको छ।
नेपालमात्र नभएर सारा विश्व नै यतिबेला कोभिड १९ को महामारीले ग्रसित छ । नेपालमा पनि यहि चैत ११ गतेदेखि निरन्तर लकडाउन जारी रहेको छ । यस्तो विषम परिस्थितिमा उज्यालो विहानी फाउन्डेसनले उल्लेखनीय क्रियाकलाप गर्दै आएको छ । देशको कुनै कुनामा कसैलाई कुनै समस्या पर्यो तत्काल समस्या समाधानका लागि पहल गर्दै आएको छ ।
कुनै विरामीलाई रगत चाहियो रगतको व्यवस्था, ग्यास चाहिए ग्यासको व्यवस्था, एम्बुलेन्स पाइएन एम्बुलेन्सको ब्यवस्था, कोहि कतै अलपत्र पर्यो यातायातको ब्यवस्था, कसैको छाक बस्यो रासन पानीको व्यवस्था, बस्ने कोठा नपाएका लाई नि:शुल्क बस्ने कोठाको व्यबस्था आदि गर्दै आएको छ ।
खाद्यान्न लगायत अन्य सहयोगका लागि फाउन्डेसनका सदस्यहरुले आफुले सक्दो सहयोग जुटाएका छन साथै विपत्तिको यस घडीमा सहयोग गर्न चाहने इच्छुक व्यक्ति तथा डोनरहरू बाट सहयोग लिई राहतका कार्यहरू गर्दै आएका छन ।
उज्यालो विहानी फाउन्डेसन बाट ७०० के.जि. भन्दा बढि खाद्यान्न वितरण
उज्यालो विहानी फाउण्डेशनद्वारा घोराही उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडामा आज अत्यावस्यक खाद्य सामग्री वितरण गरेको छ। लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा रहेका गरिब, विपन्नवर्गलाइ फाउन्डेशनले खाद्य वस्तु; दाल, चामल र तेल वितरण गरेको हो।

लकडाउन भए देखि नै फाउन्डेसनले सरोकारवाला स्थानिय निकाय तथा जनप्रतिनिधिहरुको समन्वयमा समस्यामा परेका, छाक नै बसेका पिडित एवं बिपन्न वर्गहरुलाई खाद्यान्न लगायत सामग्री बितरण गर्दै आएको छ । उक्त कार्यका लागि फाउन्डेसनका युवाहरू दिनरात नभनी, घामपानी नभनी लेबर झै खटिरहेका छन । आफै खाद्यान्नका बोराहरु बोकेर पीडितको घरसम्म पुर्याउदै आईराखेका छन ।

आइतबार आज मात्रै घोराही नगरभित्रका विभिन्न छ स्थानका २८ विपन्न घरपरिवारलाइ करिव ७ सय किलो भन्दा धेरै खाद्यान्न- चामल, दाल र तेल वितरण गरेको फाउण्डेशनका अध्यक्ष डाक्टर गिर रोदन एमसीले बताउनु भयो।
साथै राहतका सम्बन्धमा प्रष्ट पार्दै अध्यक्ष एमसीले “लकडाउनकै कारण कोही मानिस पनि भोकै बस्न नपरोस् र अकालमा ज्यान गुमाउन नपरोस् भन्नू नै फाउन्डेसनको चाहना भएको” बताउनु भयो । साथै उहाँले “आलोचना गर्नेहरुको मुख थुन्न नसकिने भएको हुदा आलोचना गर्नेहरुले गर्दै गरून् आफू कर्तव्यबाट विमुख हुन नसक्ने र गरिबहरुको दु:ख पीडा टुलुटुलु हेरेर नबस्ने बताउनु भयो ।
सरकारले राहत बितरणका लागि एकद्वार प्रणाली लागुगरे सँगै स्थानीय निकायसँग समन्वय गरेर मात्र राहत वितरण गरिदै आएको जानकारी फाउण्डेशनका सदस्य जेपी केसीले दिनुभयो ।

फाउन्डेसमा अहिले आर्थिक समस्या पर्न थालेको जानकारी दिदै फाउन्डेसनका सचिव तुला बि.क.ले हालसम्म राहत वितरणका लागि ४० जना सदस्यबाट उठाएको रकमबाट सहयोग गर्दै आएको र अब समस्या परे आफ्नो मोबाइल बेचेर भएपनी राहत बितरण गर्ने बताउनु भयो । साथै उहाले करिब २ लाख जति सहयोगको प्रतिबद्धता आए पनि रकम प्राप्त हुन नसकेको गुनासो गर्नुभयो ।
उज्यालो विहानी फाउन्डेसनले विपन्नलाई खाद्यान्न वितरणका साथै महामारीमा खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि आवश्यक मास्क र पिपिई वितरण कार्य पनि गर्दै आएको छ । हालसम्म दाङका विभिन्न निकायलाई २५ वटा पिपिई वितरण गरिसकेको अध्यक्ष एमसीले जानकारी दिनुभयो ।




