गैरआवासीय नेपाली संघले नेपाल सरकारलाई प्रदान गर्न लागेको करिब १ करोड रुपैँया बराबरको कोभिड-१९ सामग्री आज नेपाल आईपुगेकोछ भने, बाँकि १ करोडको सामग्री पर्सि आई पुग्दैछ ।
- गैरआवासीय नेपाली संघ कोरियाको संयोजनमा कोरियाबासी नेपालीहरुको सहयोगबाट ४००० थान कोरोना जाँच उपकरण र ५०० थान पिपिई सेट आज नेपाल आई पुगेकोछ । सामाग्रीलाई सुरक्षित स्थानमा भण्डार गरिएकोछ, भोली औपचारिकरुपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना छ ।
- गैरआवासीय नेपाली संघ कोरिया, चाईना, मकाउ, हङ्कङ्गबाट सहयोग प्राप्त सामाग्रीहरु चाईनाबाट पर्सी नेपाल पुग्दैछ (पूर्व निर्धारित कार्गो उडान रद्द भएन भने) । यी सामग्रीहरुमा ज्वरो नाप्ने आईआर थर्मोमिटर ५५० थान, चश्मा २००० थान, फेससिल २००० थान, केएन-९५ माक्स १७४०० थान, डिस्पोजेबल माक्स ४७००० थान, ग्लब ४००० थान, पिपिई गाउन २००० थान रहेका छन्।
- आज संघले ५० थान पिपिई नेपाल सरकारका ४ वटा अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५ थान, त्रिशुली अस्पताल, नुवाकोट ५ थान, धौलागिरी अंचल अस्पताल २२ थान र पर्वत जिल्ला अस्पताललाई ८ थान हस्तान्तरण गरेकोछ ।
हेम राज शर्माको फेसबुक वाल बाट लिइएको ।





