
साउदी अरेबियाका राजा सलमानले आज बेलुका ७ बजे देखि बिहान ६ बजे सम्म प्रतेक दिन २१ दिनसम्मका लागि कोरोनाभाइरसको प्रसारलाई सीमित र नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरेका छन्।
कर्फ्यू लागू गर्न आन्तरिक मन्त्रालयले आवश्यक कदम चाल्नेछ र सबै नागरिक र सैनिक अधिकारीहरूले यस सम्बन्धमा आन्तरिक मन्त्रालयलाई पूर्ण सहयोग गर्नुपर्नेछ भनि बिज्ञप्ति मा भनियको छ ।
संवेदनशील क्षेत्रमा सार्वजनिक र निजी क्षेत्रका महत्वपूर्ण कर्मचारीहरूका लागि भने कर्फ्यू हटाइएको छ, जसमा सुरक्षा, सैन्य र मिडिया क्षेत्रका कर्मचारीहरू, र संवेदनशील स्वास्थ्य र सेवा क्षेत्रहरूका सम्बन्धित कर्मचारी हरुको हकमा भने कर्फ्यू लागु हुने छैन। भनि साउदी अरबको आन्तरिक मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ !

