
काठमाडौं । कोरोना त्रासका कारण कर्णाली राजमार्ग रातको समयमा बन्द गरिने भएको छ । राती आठ बजेदेखि बिहान पाँच बजेसम्म राजमार्गमा आवतजावत गर्ने सवारी बन्द गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रसासन कार्यालय कालिकोटमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको संभावित जोखिमलाई कम गर्न राजमार्ग हेल्थ डेस्क स्थापनासँगै राती सवारी नचलाउने निर्णय गरिएको हो ।
कर्णाली राजमार्ग निश्चित समय मात्रै सञ्चालन गर्ने र राजमार्गबाट आवतजावत गर्ने सबै यात्रुको स्वास्थ्य परिक्षण गर्ने निर्णय गरिएको छ ।
जनता समाचार

