
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) व्यवस्थापन समितिको आइतवार, मार्च २२ , २०२० मा वसेको वैठकले कोरोना भाइरस विरुद्ध सचेतना जगाउन र आवश्यकता अनुसार समुदायलाई सहयोग गर्न आफनो संसारभर रहेको संगठनलाई परिचालित गर्ने निर्णय गरेको छ ।
यसैगरी इञ्जाले नेपाल वाहिर रहेका नेपाली समुदायलाई भाषा अनुवाददेखि स्वास्थ सेवा आवश्यक पर्दा सम्वन्धित स्वास्थ निकायसंग समन्वय गरिदिनेसम्मका कामकालागि आफ्ना सदस्यहरुलाई परिचालित गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणको समयमा सञ्चार माध्यम वा सामाजिक सञ्जालमा विभिन्न अफवाहहरु फैलिने गरेको प्रति ध्यान केन्द्रित गर्दै इञ्जाले अफवाह नियन्त्रणका लागि अनुगमन गर्ने र सम्वन्धित निकायहरुसंग समन्वय गरी भ्रम निवारण गरेर यथाशक्य सही सुचना सार्वजनिक गर्न भूमिका खेल्ने निर्णय गरेको छ ।
अहिलेको बर्तमान अवस्था भनेकै सावधानी र सचेत रहनु हो र यस अवस्थामा समुदायलाई थप जनचेतनामुलक श्रव्यदृश्य सामग्रीहरुको निर्माणलाई इञ्जाले निरन्तरता दिने निर्णय गरेको छ ।
त्यस्तै इञ्जाले आफ्नो संगठनमा आवद्ध पत्रकारहरुलाई कोरोना भाइरस सम्बन्धि प्राप्त सुचनाहरुलाई अधिकतम जांच गरी सत्य, तथ्य र निश्पक्ष समाचारहरु सम्प्रेषणकालागि आग्रह समेत गर्दछ ।
विश्वभरी नै फैलिदै गरेको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा भारी गिरावट आएको र रोगको संक्रमणबाट जोगिन कामकाजबाट टाढा रहनु परेका कारण समुदायको आर्थिक र मानशिक अवस्था क्रमस बिग्रदो रहेकोले यस अवस्थामा आ-आफ्नो कार्य क्षेत्रका सदस्यहरुकालागि सहयोगी भूमिका निर्वाह गर्न सरोकारवाला स्थानिय सामुदायिक संघ सस्थाहरुलाई ईञ्जा अपिल गर्दछ भनि इन्जा द्वारा जारी गरियको बिज्ञप्ति मा भनियको छ !

