बसको टिकट पाउनै सास्ती, १२ सयको टिकटलाई १६ सय

  • ८ चैत्र २०७६, शनिबार २०:११ मा प्रकाशित
  • काठमाडौं, चैत ८ । कोरोनाको संक्रमणको डरले काठमाडौं उपत्यका छाडेर घर फर्किनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । दैनिक हजारौंको संख्यामा मानिसहरु बाहिरिएका छन् ।

    काठमाडौंको गोंगबु नयाँ बसपार्कको काउन्टरमा टिकटकै लागि घन्टौं कुर्नुपर्ने देखिएको छ ।

    कतिपयले टिकटसमेत पाएका छैनन् भने केहीले डेढ गुणा मूल्य तिरेर किन्नुपरेको गुुनासो गरेका छन् ।

    १२ सयमा पाइने टिकटलाई यात्रीहरुले १६ सय रुपैयाँ तिर्नु परेको छ ।

    सरकारले चैत १० गतेपछि लामो रुटको बस नचलाउने निर्णय गरेसँगै बाहिरिनेको संख्यामा वृद्धि भएको हो ।

    यता, पुरानो बसपार्कमा पनि भीड कम छैन । गाउँ फर्किने टिकटकै लागि घन्टौं कुर्दासमेत नपाएको यात्रीहरु गुनासो गर्छन् ।

    यस्तै, हवाई भाडा पनि निकै बढेको छ । काठमाडौंबाट हुने उडानको भाडा अन्य समयभन्दा दोब्बरजस्तै भएको छ ।

    सरकारले संकटको घडीमा कालोबजारी गर्नेलाई कारबाही गर्ने भने पनि यात्रीहरुले टिकटमा बढी मूल्य तिर्दा पनि सरकारले अनुगमन गर्न सकेको छैन । इमेजखबर.कम बाट

    Leave a Reply