आवश्यक परे क्वारेन्टाइनका लागि पुरै नेशनल मेडिकल कलेज राज्यलाई प्रयोग गर्न दिने : बसरुद्दिन अन्सारी

  • ८ चैत्र २०७६, शनिबार २०:०१ मा प्रकाशित
  • बीरगन्ज ८ चैत । नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दिन अन्सारीले कोरोना संक्रमितको उपचारका लागि आवश्यक परे पुरै अस्पताल राज्यलाई प्रयोग गर्न दिन सक्ने बताएका छन् । यात्रा डेलीसँग कुराकानी गर्दै अन्सारीले सो कुरा सरकारलाई जानकारी गराइसकेको बताए । शिक्षण अस्पताल सन्चालन गर्न राज्यले नै अनुमति दिएको र राज्यकै सहयोगमा दुई पैसा कमाएको जिकिर गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न नेशनल मेडिकल कलेज प्रशासन तयारी अवस्थामा रहेको उनले प्रस्ट पारे ।

    कोरोना संक्रमितलाई छुट्टै ठाउँमा राखेर उपचार गर्नुपर्ने हुदाँ ठाउँको आवश्यकता परेमा बीरगन्ज र काठमाडौंस्थित नेशनल मेडिकल कलेजका सम्पूर्ण शय्या क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिन सक्ने उनको भनाई छ । यसका लागि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी तयार रहेको उनले बताए । बीरगंजस्थित अस्पताल १०५० र काठमाडौंस्थित अस्पताल २३२ शय्या क्षमताको छ । तर राज्यले अस्पताल र स्वास्थ्यकर्मीको दुवैको सुरक्षाको जिम्मा लिनुपर्ने उनको माग छ । हाल बीरगन्जस्थित सो अस्पतालमा कोरोना संक्रमितका लागि ५० वटा वार्ड छुट्याइएको छ ।यात्रा डेलि .कम बाट

    Leave a Reply