यी घरबेटीले गरे ३ महिनासम्मको भाडा नलिने घोषणा

  • ८ चैत्र २०७६, शनिबार १६:४५ मा प्रकाशित
  • काठमाडौं । कोरोनाको जोखिम बढेसँगै सरकारले उच्च सतर्कता अपनाएको छ। पढाई तथा जागिरका लागि काठमाडौंमा रहेका मानिसहरु गाँउ फर्कन थालिसकेका छन्। यसैबीच, काठमाडौंको कलंकीका एक घरधनीले ३ महिनासम्मको घरभाडा नलिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत लामिछानेले आफ्नो घरमा बस्नेहरुलाई चैतदेखि ३ महिनासम्मको भाडा नलिने घोषणा गरेका हुन। आफूले प्रचारबाजीको लागि मात्र नभई दुःखको बेला मानवीय सेवाको भावले यस्तो निर्णय लिएको बताए। घरभाडा नलिने घोषणा गरेपछि लामिछानेको चौतर्फी प्रशंसा भइरहेको छ।

    दैनिकअनलाइन बाट

    Leave a Reply