शुक्र मोक्तान
रियाद/साउदी- नेपाल सरकार र नेपाली राजदुताबास रियादको आयोजनामा साउदी अरबको पूर्वि शहर दम्माम स्थित रोज रेष्टुरेण्टमा १४ फेब्रुअरी २०२० शुक्रबारका दिन एक औपचारिक कार्यक्रम गरी वर्तमान अवस्थामा वैदेशीक रोजगारमा व्याप्त श्रमिक समस्यालाई न्युनिकरण गर्ने उदेश्यले अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।नेपाली दुताबास रियादका पूर्वी प्रान्त दम्मामका लागी स्थानिय कर्मचारी हरी घिमीरेले संचाल गरेको उक्त कार्यक्रममा नेपाली राजदुतास रियादका तर्फ बाट नियोग उप-प्रमुख दिलिप पौड्यालको उपस्थिती रहेका थिए भने नेपाल बाट साउदी भ्रमणमा रहेका कार्यदलका पदाधिकारीहरू रहेका थिए। उक्त कार्यदलमा परराष्ट्र मन्त्रालयका सह सचिव तथा मध्य एसिया, पश्चिम एसिया साथै अफ्रिका महासाखा प्रवन्ध निर्देशक हरिष चन्द्र घिमीरे, वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुसाल, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत कुल बहादुर राना मगर, वैदेशिक रोजगार विभागका शाखा अधिकृत जमुना काफ्ले र नेपाली राजदुताबास मलेशियाका पूर्व राजदूत डा. ऋषिराज अधिकारी रहेका थिए।
उक्त कार्यक्रम तथा कार्यदलको मुख्य उदेश्य वैदेशिक रोजगारलाई अझै सुरक्षित र मर्यादित बनाउनको लागी निती नियमको तर्जुमा गर्न सम्बन्धित राष्ट्रमा रहेको नेपाली राजदुताबास र उक्त राष्ट्रमा कार्यरत कामदारहरूबाट सल्लाह सुझाबहरू संकलन गर्दै प्रतिवेदन तयार गरी सम्बन्धित विभाग र मन्त्रालयलाई बुझाउने रहेको परराष्ट्र मन्त्रालय सह सचिव हरिष चन्द्र घिमीरेले मन्तव्यको क्रममा बताए। उनले उक्त प्रतिवेदनको आधारमा वैदेशिक रोजगार सम्बन्धी नेपाल सरकारले कार्यनिती तथा कार्यदिशा तय गरिने पनि बताए।
कार्यक्रममा एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, सदस्य याशमिन वैगम र नारायण पासवान, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापा लगायतका पदाधिकारीहरू, संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रीय सदस्य श्रीयावा लिम्बु लगायत साउदी अरबमा रहेका विभिन्न सामाजिक संघ संस्था तथा राजनीतिक दलका भातृ संगठनहरूका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो। भने सबै संघ संस्थाले उक्त कार्यदललाई आ-आफ्नो संस्थागत सल्लाह सुजाव सहितको ज्ञापन पत्र तथा ध्यानाकर्षण पत्र बुझाईएका थिए।
अन्तर्कृया कार्यक्रममा उठेका प्रश्नहरूलाई सम्बोधन गर्ने क्रममा दुताबासको तर्फबाट उपनियोग प्रमुख दिलिप कुमार पौड्याल, वैदेशिक रोजगार विभागको तर्फबाट डा. भिष्म कुमार भुसाल र परराष्ट्र, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट सह सचिव हरिष चन्द्र घिमीरेले जवाफ दिएका थिए।
जवाफ दिने क्रममा साउदीमा घरेलु कामदारहरू माथी सोधिएको प्रश्नमा वैदेशिक रोजगार विभागका शाखा अधिकृत जमुना काफ्लेले नेपाल सरकारले उल्लेख गरिएको बुँदाहरूमा साउदी सरकारले सहमती नजनाए सम्म वर्तमान व्यवस्था नै कायम रहने बताएका छन्।