एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी द्वारा भलिबल प्रतियोगिता को आयोजना ।

  • १२ फाल्गुन २०७६, सोमबार ०२:०० मा प्रकाशित
  • तिन हप्ता पहिले मात्र ३१ जनवरीमा आफ्नो दोस्रो वाषिर्क उत्सव मनाएको एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदीले लगत्तै खेलाडी र खेल प्रेमी युवाहरु लाई मध्यनजर गर्दै २१ फेब्रुअरीमा भलिबल प्रतियोगिता आयोजना गरेको थियोे।


    उक्त वाषिर्कोत्सव कार्येक्रममा सस्थाका माहासचिव पूर्ण सुनारले ब्यक्तिगत पारिवारिक समस्या समाधानका लागि प्रवाश लागेको तर समयले शिर्षक परिवर्तन (Time Turn To Topic) गरि राष्ट्रिय घर बनाउने कोशिस गर्दै गर्दा यहाँ सम्म आइपुगेको भन्दै सुरुवात गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि माहामहिम डाक्टर महेन्द्र प्रसाद सिंह राजपुतले, विश्वकर्माको मात्र नभई सिङ्गो नेपालको एकीकृत हो भन्नुभएको थियो।

    उक्त कार्येक्रममा महासचिब पूर्ण सुनारले आगामी दिन हरुमा प्रवासमा रहदै आउनुभएका सबै दजुभाइ लाइ जोड्ने अर्को कडी खेलकुद रहेकोले आउदा दिनहरुमा यो क्षेत्रलाई बढवा दिने सस्थाको उद्देस्य रहेको जानकारी दिनुभएको थियो त्यसै उदेश्य अनुरुप
    दमाम खोबर र जुबेलका युवाहरूलाई मध्यनजर गर्दै २१ फेब्रुअरीमा खोबरको मेयक कम्पाउन्डमा गरेको भलिबल प्रतियोगितामा साउदी स्थित तीन वटै प्रान्तका खेलाडीहरुले सहभागीता जनायका थिए। एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका खेलकुद तथा युवा समयोजक रबि रसाइलीले व्यवस्थापन गरेको प्रतियोगितामा आयोजक सहित जम्मा दश टिमले भाग लियका थिय।

    सहभागी तिमहरु:
    १.एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी (आयोजक)
    २.कास्की भदौरे
    ३.लुलु स्पोर्ट्स
    ४.खड्का बन्धु टिम
    ५.तनहुँ टिम
    ६.कास्की पोखरा
    ७.लाङघाली VS
    ८.मोरङ टाइगर
    ९.एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज बि
    १०.साउदी क्यटिरिङ
    उक्त प्रतियोगितामा गैर आवासीय नेपाली संघका NRNA राष्ट्रिय समन्वय परिषद NCCका माहासचिब श्री उमेश भट्टराई, किँरात राई आयोख्याका अध्यक्ष श्री चित्र कुमार राई, मगर संघ साउदीका प्रमुख सल्लाहकार प्रेम सिङ्जालि, खोबर LCC का अध्यक्ष श्री बिष्णु भण्डारी लगायत सयौं दशर्कको उपस्थिति रहेको थियो।


    एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदीले आयोजना गरेको भलिबल प्रतियोगितामा तनहुँ स्पोर्ट्स प्रथम भएको थियो भने कास्की भदौरे द्वितृय र एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी तृतीय भएको थियो। उक्त प्रतियोगितामा बिजय खेलाडीहरुलाई सस्थाका अध्यक्ष श्री अर्जुन विश्वकर्मा समयोजक सन्तोष सुनार आजीवन सदस्य मुकुन्द सुनार प्रेम विश्वकर्मा मगर संघ साउदीका प्रमुख सल्लाहकार प्रेम सिङ्जालीबाट नगद पुरस्करका साथै प्रमाणपत्र प्रदान गरिएको थियोे। प्रथम पुरस्कार तनहुँ स्पोर्ट्सका ब्यबस्थापक कमल गुरुङलाई हस्तान्तरण गरिएको थियोे भने वेस्ट अफ शुटर बिनोद पुनले प्राप्त गरेका थिय, साथै अनुशासनमा हिक्मत गुरुङले प्राप्त गरेका थिए। पुरस्कार वितरणलाई सम्बोधन गर्दै सस्थाका महासचिव पूर्ण सुनारले मानव जीवनमा युवा अवस्था अतिनै खेल प्रेमी हुने हुँदा यो प्रतियोगिता राखेको खेलमा विजय र पराजय स्वभाविक हुन्छ र यो जीत तनहुँ स्पोर्ट्स को मात्र नभई सम्पूर्ण नेपाली युवाको भएको बताउनु भयको थियो।

    Leave a Reply