यस्तो छ एक पटकको चार्जमा २१३ किलोमिटर चल्ने टाटा टिगोर ईभी

  • १४ माघ २०७६, मंगलवार २०:४३ मा प्रकाशित

  • टाटा मोटर्सले साधारण ग्राहकको लागि अधिक दुरीसम्म चल्ने क्षमता भएको इलेक्ट्रिक कार टिगोर हालै भारतीय बजारमा लन्च गरेको छ ।

    सो कार एक पटकको फुल चार्जमा २१३ किलोमिटरको दुरी तय गर्ने क्षमताको रहेको छ । सो कार भारतको ३० शहरमा उपलब्ध रहेको छ ।

    सो कारको मूल्य ९ लाख ५४ हजार भारु देखि शुरु हुनेछ । सो इलेक्ट्रिक कारमा २१.५ केडब्ल्युएच ब्याट्री प्याक समावेश गरिएको छ । सो व्याट्री कुलिङ सिस्टमको साथमा उपलब्ध हुनेछ । यसको साथै सो कारको तौलको कारण पनि कारको तापमान सन्तुलनमा रहन्छ ।

    इलेक्ट्रिक टिगोर टाटा टिगोर सेडानमा आधारित रहेको छ । सो कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, हाइट एडजेस्टेबल ड्राइभर सिट जस्ता सुविधा रहेको छ । यसको साथै कारमा ड्युअल एयरब्याग र एन्टि लक ब्रेकिङ सिस्टम पनि रहेको छ ।

    सो इलेक्ट्रिक कारको लागि १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ । टिगोर ईभीमा दुई चार्जिङ पोर्ट पनि समावेश गरिएको छ । फास्ट चार्जिङ पोर्टले कम समयमा ब्याट्री छिटो चार्ज गर्ने क्षमता रहेको छ ।

    Leave a Reply