हावाबाट चल्ने बाईक

  • २ पुष २०७६, बुधबार ०९:४२ मा प्रकाशित
  • वसन्त अनुभव-

    सुन्दा हजुरलाई अचम्म लाग्न सक्छ, विश्वास नलाग्न सक्छ । यस्तो अपत्यारिलो काम भारतमा एक नेपाली किशोरले असंभवलाई संभव तुल्याएका छन ।

    भारतको उत्तराखण्डको देहरादुन बस्ने ६ कक्षामा अध्ययनरत नेपाली मुलका ११ वर्षीय अद्वैत क्षेत्रीले पेट्रोलको साटो हावाबाट चल्ने बाइकको निर्माण गरेका छन । उनले गाडीको टायरमा भर्ने हावाबाट चल्ने बाइकको आविष्कार गरेका हुन । पिता एड्भोकेट आदेश क्षेत्री र माता अमृता क्षेत्रीका सुपुत्र अद्वैतले उक्त बाइकलाई ‘अद्वैत O2’ नाम समेत दिएका छन ।

    उनले बाईकको कार्वन फ्युल इन्जिनको सट्टा हावाबाट चल्ने इन्जिनको आविष्कार गरि साधारण बाइकमा फिट गरि चलाएर देखाएका हुन । भविस्यमा के बन्ने भन्ने प्रश्नमा उनले एस्ट्रोनट बन्ने र स्पेसमा जाने लक्ष्य रहेको बताए । कसरी हावाबाट चल्ने गाडी बनाउने आइडिया आयो भन्ने प्रश्नमा उनले सानोमा आफ्नो भाईसँग बेलुनमा हावा भरी उडाउदा बेलुन आफ्नो हातबाट छुटेर उडेको देखेर नयाँ आइडिया आएको बताए ।

    उनका पिताका अनुसार उक्त बाइकमा कुनै प्रकारको कार्वन फ्ल्युड प्रयोग नभएको, कुनै प्रकारको पोल्युसन नगर्ने यस बाईकको निर्माण गर्न भा.रु. १ लाख खर्च लागेको छ । उनले सन २०२० मा हुने अटो एक्स्पोमा यसको प्रदर्शन गरिने समेत बताए । कार्वन फ्युल इन्धनका कारण विश्वमा दिन प्रतिदिन चुनौतिको रुपमा बढ्दै गएको प्रदुषण कम गर्न यो कोशेढुंगा सावित हुने बताइएको छ ।

    Leave a Reply