नमस्ते आधुनिक लघुकथा मञ्चले वर्ष स्तम्भकार सम्मा, २०८१’बाट स्तम्भकार वसन्त अनुभवलाई र । ‘वर्ष उत्कृष्ट पत्रिका सम्मान, २०८१ बाट ‘हिमालयन दृष्टि मिडिया प्रा. लि.’लाई सम्मान गरेको छ । मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मानबाट सम्मानित गरेको हो ।
नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथाहरू छानेर स्तम्भकार वसन्त अनुभवले ‘साताका तीन लघुकथा’ स्तम्भ हिमालयन दृष्टि अनलाइन पत्रिकामा निरन्तर प्रकाशन गर्दै आउनुभएको छ । पत्रकारिताको माध्यमबाट उहाँले लघुकथाको उन्नयन र प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।
मञ्चका सचिव समेत रहनुभएका अनुभवले लघुकथाको लेखन, सम्पादनका अलावा कथा, कविता, मुक्तक, निबन्ध, गीत, गजल, झिल्का, टुक्का, उदक, पञ्चाङ्ग, चारु लगायत विविध विधामा कलम चलाउने गर्नुहुन्छ । अनुभव विभिन्न संस्थाहरूका कार्यसमितिमा रहेर कार्य गर्दै आउनुभएको छ । उहाँ झिल्का कविताको प्रवर्तक एवम् झिल्का साहित्य समाजको संस्थापक अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै लघुकथालाई लगातार वर्षभरि समाजमा फैल्याउनका लागि स्तम्भ प्रदान गरेर योगदान पुर्याएकोमा हिमालयन दृष्टि अनलाइन पत्रिकालाई पनि ‘वर्ष उत्कृष्ट पत्रिका सम्मान, २०८१’ द्वारा सम्मान गरिएको छ । “साताका तीन लघुकथा” स्तम्भ विगत लामो समयदेखि यसै पत्रिकामार्फत सञ्चालन हुँदै आइरहेको छ, जसको सञ्चालन वसन्त अनुभवले गर्दै आउनुभएको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्चले ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा साहित्यकार एवम् समालोचक पुष्कर लाेहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मीलाई अभिनन्दन गर्ने भएको छ । त्यस्तै ‘आदर्श लघुकथा सर्जक सम्मान” द्वारा साहित्यकार एवम् समालोचक डा. विदुर चालिसेलाई सम्मान गर्ने भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा पहिलोपटक उक्त कुरा घोषणा गरेको हो
नमस्ते आधुनिक लघुकथा मञ्चले वि.स. २०८१ सालका लागि लामाे समयदेखि समालाेचना एवं साहित्यका विभिन्न विधा तथा उपविधामा आजीवन साधनारत रही आख्यानकाे छाेटाे आख्यात्मक संरचनाका रूपमा कथा-कुथुङ्ग्री समेतकाे सिर्जनामार्फत नेपाली साहित्यमा पुर्याउनुभएकाे याेगदानका लागि वरिष्ठ साहित्यकार एवं कथा-कुथुङ्ग्रीका रचनाकार श्री पुष्कर लाेहनीलाई “कथा-कुथुङ्ग्री सिर्जना नायक”को रूपमा अभिनन्दन गर्न लागेको हो ।
त्यस्तै नेपाली साहित्यकाे क्षेत्रमा लामाे समयदेखि लघुकथा लेखनमा विशिष्ट याेगदान गर्नुभएका वरिष्ठ लघुकथाकर श्री ध्रुव मधिकर्मीलाई “अविश्रान्त लघुकथा साधक” का रूपमा अभिनन्दन गरिने भएकाे छ ।
साथै कविता, समालाेचना, भाषाविज्ञान एवं लघुकथाकाे समेत रचना गरी विभिन्न विधा एवम् उपविधासहित उपविधागत बृहत्तर आकारकाे “शताब्दम् महाशक्ति” लघुकथा महासङ्ग्रह जस्ताे एक आदर्श कृतिकाे सृजनामार्फत नेपाली साहित्यमा पुर्याउनुभएको विशिष्ट योगदानका लागि भाषाविद् एवम् वरिष्ट साहित्यकार डा. विदुर चालिसेलाई “आदर्श लघुकथा सर्जक” सम्मान प्रदान गरिने भएको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको लघुकथालय कृति पुरस्कार लघुकथाकार ललिता दोषीको लघुकथा सङ्ग्रह ‘पहिरो’ लाई प्रदान गरेको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको दोस्रो दिन अर्थात् असार १० गते उक्त पुरस्कारको घोषणा गरेको हो ।
२०८० सालभरमा प्रकाशित भएका लघुकथा सङ्ग्रहहरू बजारमा उपलब्ध भएसम्मका सङ्कलन गरी मूल्याङ्कनमा समावेश गरिएको थियोे । जसबाट निर्णायक समितिले अध्ययन र मूल्याङ्कन गरी उक्त पुरस्कारका लागि लघुकथा कृति ‘पहिरो’ लाई छ्नोट गरेको थियोे ।
२०८० सालमा स्थापित उक्त पुरस्कारको रकम ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ । गतवर्ष उक्त पुरस्कार लघुकथाकार शेखर कुमार श्रेष्ठकृत लघुकथा सङ्ग्रह ‘बोकाको खुसी’ लाई प्रदान गरिएको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चले ‘वर्ष लघुकथा सर्जक, २०८१’ एवम् ‘वर्ष पाठक, २०८१’ बाट लघुकथाकार सुरेशकुमार पाण्डेलाई र ‘वर्ष उत्कृष्ट लघुकथा वाचक, २०८१’ बाट सञ्चारकर्मी विवेक काफ्लेलाई सम्मान गरेको छ । आफ्नो छैटौँ वार्षिकोत्सव अवसर पारेर २०८१ असार ९ गते मञ्चले घोषणा गरेको हो । मञ्चले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न पुरस्कार, सम्मान एवम् प्रशंसा पत्र प्रदान गर्दै आइरहेको छ ।
वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै उत्कृष्ट लघुकथाहरू प्रेषित गर्ने लघुकथाकारहरू मध्येबाट प्रथम, द्वितीय र तृतीय घोषणा गरेर पुरस्कार रकम सहित सम्मान गर्दै आएको छ । यस वर्ष लघुकथाकार श्री सुरेशकुमार पाण्डे प्रथम हुन सफल हुनुभएकोले उहाँलाई नगद रु.७०००/- सहित ‘वर्ष लघुकथा सर्जक २०८१’ द्वारा सम्मान गरिएको हो ।
त्यस्तै मञ्चको भित्तोमा प्रेषित लघुकथाहरू पढेर सबैभन्दा धेरै प्रतिक्रिया दिनेहरू मध्ये पनि लघुकथाकार श्री सुरेशकुमार पाण्डे नै प्रथम हुनुभएको हुँदा उहाँलाई ‘वर्ष पाठक २०८१’ बाट पनि सम्मान गरिएको थियोे । जसको पुरस्कार राशि ४०००/- रहेको छ ।
त्यस्तै मञ्चले वर्षभरि मञ्चका लघुकथाहरू वाचन गरेर लघुकथाको उन्नयन र प्रवर्द्धनमा सघाउने लघुकथा वाचकहरू मध्ये पनि वर्ष उत्कृष्ट वाचक छानेर हरेक वर्ष नगद पुरस्कार सहित सम्मान गर्दै आएको छ । यस वर्षको वर्ष उत्कृष्ट वाचकको रूपमा हरेक साता लघुकथाहरू वाचन गरी मञ्चको आधिकारिक फेसबुक पेज र रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जको रेडियो तरङ्गबाट प्रसारण गर्नुहुने सञ्चारकर्मी एवम् आधिकारिक लघुकथा वाचक श्री विवेक काफ्लेलाई नगद रु ५०००/- सहित ‘वर्ष उत्कृष्ट वाचक २०८१’ बाट सम्मान गरिएको थियोे ।
युवा लघुकथाकारद्वय प्रभादेवी पौडेल र राजन ग्याल्दाङ् ‘बुद्धिसिङ’ घले ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८१’ बाट सम्मानित हुनुभएको छ । आफ्नो छैटौँ वार्षिकोत्सवको अवसर पारेर नमस्ते आधुनिक लघुकथा मञ्चले यो सम्मान उहाँहरूलाई प्रदान गरेको हो ।
कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित ‘हेमलता स्मृति लघुकथा सम्मान’ लघुकथामा कुनै पनि कृति ननिकालेका तर निरन्तर स्तरीय लघुकथा लेखनमा लागिपरेका जुझारु युवा लघुकथाकारहरूलाई प्रोत्साहन गर्न प्रदान गर्ने गरेको मञ्चले जनाएको छ ।
५५ वर्ष मुनिका एकजना महिला र एकजना पुरुष युवा लघुकथाकार छनोट गरेर मञ्चले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । यो सम्मानबाट विगतका दुई वर्षमा दुई पुरुष तथा दुई महिला गरी ४ सक्रिय युवा लघुकथा सर्जकहरूलाई मञ्चले सम्मानित गरिसकेको छ ।
साताका उत्कृष्ट झिल्का कविताको १८औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १८ का लागि झिल्काकारत्रय म्यामराज राई, बेदु न्यौपाने र राजेन्द्रप्रसाद भुसालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
———<•>——— [१] राजनीतिले खेलाउॅंछ खेल छिर्के लाग्दै, लगाउॅंदै खोजिन्छ बेमेलभित्र मेल । [२] झुण्डको झन्डा बोकेपछि आँखा टालिन्छ गुनको देशको झन्डा बिर्सेपछि । [३] चालकले चलाखीपूर्ण नचलाए गाडी दुर्घटनामा पर्छ जथाभावी मन बहलाए । ✍️ म्यामराज राई, भोजपुर ———<•>———
[१] जनतामा गराए भ्रान्ति सबैमा कलह उदायो देशमा भएन शान्ति । [२] मानवता कतै भएन गरेनन् विकास देशको स्वधर्ममा कोही गएन । [३] लाउने खाने उमेर आनन्द खुसीले रमाउँ फर्केर आउँदैन घुमेर । ✍️ बेदु न्यौपाने ———<•>———
[१] राज्य सञ्चालन विधि राजनीति तथा शासन जाेगाउनु राष्ट्रकाे निधि । [२] सर्वत्र सत्ताकाे माेहो गर्न गाह्रो जनतालाई बिहान बेलुका जाेहो । [३] राजनीति गर्ने नेता लाग्याे सधैँ दाग भएनन् कहिल्यै सेता । ✍️ राजेन्द्रप्रसाद भुसाल ———<•>———
झिल्का लेखन अभियानको १९ औँ शृङ्खला (तुलसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक हुनुहुँदैन ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- —————<•>—————
१// जताततै सुगन्ध छर्ने उत्तम जडिबुटी तुलसी ज्वरो, खोकी हर्ने ! २// खोजेर भेटिँदैन खोट भरिपूर्ण छ गुणैगुणले मानिन्छ पवित्र बोट ! ३// दोष पारिदिन्छ चुट्टै यतिमात्र होइन यसको धार्मिक महत्व छुट्टै ! ✍️ वसन्त अनुभव घोराही, दाङ ————-==———– १// यसको मञ्जरी अनि आफ्नै विशेषता औषधी भएको तुलसी पनि । २// रुघाखोकी औषधी नाम यसलाई प्रयोग गरे देखाउँछ राम्रो काम । ✍️ बेदु न्यौपाने ————-==———– // छ अनेक गुणयुक्त तुलसी सेवन गरेमा भइन्छ रोगबाट मुक्त । २// अन्तर्य बुझ्नु राम्रो तुलसी उपयोग गर्दा भलाइ हुन्छ हाम्रो । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ————-==———– १// तुलसीको महत्व धेरै आवश्यक विरुवा भनी रोपौँ घरमा सबेरै । २// जताततै सुगन्ध छर्छ अत्यन्त उपयोगी जडिबुटी ज्वरो, खोकी हर्छ । ३// रातोदिन दिन्छ अक्सिजन अत्यावश्यक हो तुलसी स्वच्छ राख्छ मन । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ————-==———– १// वरपिपल छन् वरपर सुन्दर देश हरियाली तुलसी लगाउँ घर । २// तुलसी अनेक गुणकारी नियमित सेवन गर्दा लाग्दैन कुनै बिमारी । ३// शोभा घरको आँगनीमा सुन्दर लाग्छ तुलसी राखौँ चाहे कौँसीमा । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ ————-==———– १// विष्णुको रूपमा रहेको हरेक रोगका लागि औषधीय गुण भएको । २// आयुर्वेदमा अति काइदा पुर्याउँदो रहेछ यसले विभिन्न रोगमा फाइदा । ३// घरको सुन्दरता बढाऔँ महत्व धेरै रहेछ घरमा तुलसी लगाऔँ । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ । हाल चनपा६ मातातीर्थ ————-==———– निर्जला व्रत लिएर तुलसीको बीउ राखौँ शरीरलाई विश्राम दिएर । ✍️ दीपा समभाव खोटाङ्ग ————-==———– १// तुलसी भगवानकाे रूप राेपिन्छ घर मैराेमा अक्सिजन दिन्छ खुब । २// वृन्दाकाे त्याे अभिशाप तुलसी झार हुनुपर्यो विष्णुले गर्दा पाप । ३// तुलसीमा हुन्छ शक्ति निर्जला भई सबै गराैँ यसकाे भक्ति । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची ————-==———– १// नाम जतिकै पवित्र आँगनीको डिलमा रोप्दा आनन्द हुन्छ मनभित्र । २// देवको रूपमा काम औषधी पनि रोगको बिहान दिउँसो साम । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ ————-==———– १// तुलसी खान्थ्यौँ चबाई आफ्नो आँगनमा रोपेर सम्झी आयुर्वेदिक दबाई । २// तुलसीमा आयुर्वेदिक तत्त्व रोपिन्छ सबैका आँगनमा बुझिकन धार्मिक महत्त्व । ३// हात काट्दा गाउँमा माडेर तुलसीको पात रगत रोकिन्छ घाउमा । ✍️ चुडामडी देबकोटा पुरानो नैकाप काठमाण्डौ ————-==———– १// तुलसीकाे महत्त्व धेरै ओैषधीय गुणयुक्त वृक्ष रोप्नु बिहान सबेरै । २// शरीर स्नान गरी गुणकारी तुलसी रोपौँ घर र आँगनभरि । ३// रुघाले बिरामी परेमा चाँडै बिसेक हुने तुलसी सेवन गरेमा । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ————-==———– १// एकातिर तुलसीको महत्त्व अर्कोतिर श्राप वृन्दाको मानव जीवनको तत्त्व । २// जडिबुटीमा धेरै सर्वोत्तम स्वस्थकर प्रयोग गर्नु फाइदा हुँदैन कम । ३// दैनिक रुपमा सेवन हजारौंँ छन् गुणहरू रोगमुक्त हुन्छ जीवन । ४// चिनेमा श्रीखण्ड जस्तो वरिपरि छरिएका जडिबुटी नचिन्ने मानवहरू कस्तो । ✍️ घनश्याम पन्त, हरिवन सर्लाही ————-==———– तुलसीलाई आँगनमा सजाऔँ सही सदुपयोग गरी स्वास्थ्यलाई पनि बचाऔँ । ✍️ प्रेम थापा “मन”बागलुङ ————-==———– १// घाँटी दुखेमा खाइन्छ तुलसीको पात मज्जाले आराम भएको पाइन्छ । २// तुलसीको दल छर्ने निर्जला एकादशीको दिनमा नखाई व्रत गर्ने । ३// छुट्टै पहिचान भएको निर्जला एकादशीको महिमा विष्णुको रूपमा रहेको । ✍️ कला ढकाल झापा ————-==———– आस्थाको रूपमा हेरिन्छ आँगनमा रोपिएका तुलसीले प्रचुर अक्सिजन दिन्छ । ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल ————-==———– १// हाम्रो आँगनीमा पाइने जन्मेदेखि नै नमरेसम्म हामीलाई तुलसी चाहिने । २// हिँड्ने साइत राम्रो पर्खिरहने सधैँ हामीलाई तुलसी आमा हाम्रो । ✍️ सविता भट्टराई, जनकपुर ————-==———– १// नराखी मनमा हठ शोभा हो घरको बनाऔँ तुलसी मठ । २// तुलसीको महत्त्व जान्नुपर्छ समाजिक संस्कार संस्कृति हामी सबैले मान्नुप्रर्छ । ३// पवित्र महाैषधी जानी सबैले तुलसी रोप्नुपर्छ अक्सिजनको श्रोत ठानी । ✍️ जयनारायण नेपाल इलाम । हाल सूर्यविनायक २, बालकोट भक्तपुर । ————-==———– तुलसीको फूल पात प्रदान गर्छ प्राणवायु श्वास्थ्य राख्ने जात । ✍️ लोक् वहादुर छेत्री लामिछाने मोदी गा पा२ पर्वत् ————-==———– १// महत्व छ सारै निर्जला व्रत बसी तुलसीदल छरौँ सखारै l २// रेखदेख गरौँ नित्य शुद्ध चोखो मनले झुल्किनु पूर्व आदित्य l ३// नित्य खाएमा तुलसीपत्र रुघाखोकी अनि दग्धी निस्केर भाग्छ अन्यत्र l ✍️ बाबुराम गौतम, गुल्मी ————-==———– औषधीय पौधा भनिन्छ तुलसी छेउछाउ रोपिए रोगमा प्रयोग गरिन्छ । ✍️ राजनारायण राई राजदल बस्ती सोनादह ————-==———– १// मीठो सुवास छर्छ खाएमा तुलसी हामीले औषधीको काम गर्छ । २// रोप्नुपर्छ लगाएर मन धेरै छन् फाइदा तुलसीको दिन्छ अक्सिजन । ३// सामान्य हेर्दा झट्टै सधैँ प्रयोग गरेमा रोग हुन्छ चट्टै । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ————-==———– १// सबैलाई यो चाहिँने कहिलेसम्म पर्खिरहने यसरी आँगनमा रोपे पाइने । २// औषधी नै लाग्छ सबै हेर्नुहोस् यता धेरै रोग भाग्छ । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ ————-==———– १// तुलसी गुणकारी धेरै मठ बनाइ लगाऔँ पूजा गर्नुपर्छ सबेरै । २// औषधीमा तुलसी उत्तम बुझेर सृष्टिको कथा भगवानको चरण परम । ३// सुवासना मीठो तुलसीको उस्तै औषधीय गुणहरू प्रकृतिको उपहार यहीको । ✍️ दिल ठकुरी दार्जिलिङ ————-==———– १// माने भगवान् तुलसी नमान्दा भने झारपात उम्रेको मठमा पसी । २// बढाउँछ शोभा आँगनको खोकीको हो रामवाण चरणमा चढाउँछौँ ईशको । ✍️ धनमाया चौधरी, कैलाली ————-==———– १// अक्सिजन तुलसीले भर्ने बहुउपयोगी यस वनस्पति सबैले संरक्षण गर्ने । २// रुघाखोकी लाग्दा खाइन्छ घर अनि करेसाबारीमा हेर जताततै पाइन्छ । ३// विष्णु भनेर पुजिने जल अर्पण गर्दा धर्मशास्त्र पनि बुझिने । ✍️ दुर्गा आचार्य मोरङ ————-==———– केही छैन खोट महत्त्व छ निकै रोपौँ तुलसीको बोट । ✍️ प्रविना प्रयासी, ओखलढुंगा ————-==———– १// तुलसी आँगनकी माता सबैको घरघरमा हुन्छिन् रोगकी एक उपचारदाता । २// तुलसी सारै फाइदाको दिनहुँ खाएमा हुन्छ ओखती गुण काइदाको । ✍️ सुनगाभा पोखरेल ————-==———– १// औँषधी हो तुलसी मैले रोपेँ मठमा स्याहार गर्नु बसी। २// अचुक औषधी पाइयो रुघाखोकी रोग लागेकोमा मज्जाले उमालेर खाइयो। ३// तुलसीको राख्ने दल घरको पुर्व दिशा स्याहार पुग्छ मल । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ————-==———– १// तुलसी आँगनमा राम्रो रोप्दैमा आनन्द लाग्ने मनै खुसी हाम्रो । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ————-==———– १// महाैषधी तुलसी महिमा राेप्दा शान्ति घरमा बढ्दछ परिवारको गरिमा । २// तुलसीले दुर्गन्ध हटाउँछ राेगव्याध दरिद्रता सबैकाे रुघाखाेकी सबै घटाउँछ । ३// तुलसीकाे राेपेर बीउ बनाउँ बास विष्णुको आरधनाले पुण्य लिउ । ✍️ हिरालाल न्याैपाने बानपा ८, काेटमाैला सल्यान ————-==———– १// आज निर्जला एकादशी तुलसीको दल छर्नु सकेमा उपवास बसी। २// सकारात्मक ऊर्जा छर्छ बहुउपयोगी यो तुलसीले औषधीको काम गर्छ । ३// अक्सिजन दिने गर्छ हैन छर्ने मात्रै तुलसी हुर्काउनु पर्छ। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ————-==———– १// विष्णु भगवानको अङ्ग पूजा गरिन्छ तुलसीको ओखती भएर दङ्ग । २// किटाणु भाग्छ जतातता स्वास्थ्यलाई फाइदाजनक पनि तुलसी रोपिन्छ सत्यता । ३// सुगन्ध आहा मन्दमन्द तुलसीको महिमा अपार गुणको कारण बुलन्द । ✍️ पृथक प्रकृति, झापा ————-==———– १// राम्रो सुगन्ध दिन्छ राेपाैँ आँगनमा तुलसी दुषित ग्यास लिन्छ । २// गर्दछन् तुलसीकाे पूजा भित्रियाे विदेशी संस्कृति संस्कार भयाे धुजा । ३// तुलसी औषधीकाे रूपमा गराैँ प्रयोग सबैले पुर्याउँ सबैलाई ग्रुपमा । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरि । ————-==———– १// लेखेको पुग्छ कर्ममा तुलसीको पूजा धेरै गर्छन् हिन्दू धर्ममा । २// रोपौँ तुलसी सम्मानले आफ्नो महत्त्व राख्छन् अध्यात्म र विज्ञानले । ३// विष्णुको रूपमा चरणमा पुजा गर्छन् हिन्दुले शुद्धता ल्याउँछ वातावरणमा। ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ ————-==———– १// तुलसी मठ आँगन बालेर धूप बत्ती गरौँ भक्ति भजन । २// तुलसी थोपा धूलो अचुक औषधी मानौँ निमोनिया खोकीमा ओखतीमूलो । ३// तुलसीको बास आँगन भगवानको टेढो नीति भेटिन्छ फरक पन । ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा। ————-==———– १// तुलसीको बिज रोपौँ नकारात्मकता भरिएको दिमागमा सकारात्मक सोच खोपौँ । २// धेरै रोगको निदान तुलसी रोप्ने दिनमा गरौँ सत्य पहिचान । ✍️ साबित्री प्याकुरेल, धादिङ्ग ————-==———– १// तुलसीले आँट दिन्छ छैन जसको घरमा उसको औकात सकिन्छ । २// मठमा तुलसी रोपौँ घरमा शान्ति मिल्छ सङ्घर्षको बाटो छोपौँ । ३// समस्या सारा टल्नेछ तुलसीको बोटलाई बचाउँ भोलि भाग्य फल्नेछ । ✍️ सुष्मा मगर, रोल्पा हाल भारत ————-==———— १// कति सुन्दर प्रकृति सिद्ध गरि देखाउँछ पुर्वीय हाम्रो प्रवृति । २// तुलसीको महत्व बुझौँ आगनमै रोपेर सबैले रोगसित सधैँ जुझौँ । ३// आज तुलसी छरिन्छ हुर्काइ बढाइ यसलाई विवाह पनि गरिन्छ । ✍️ पशपती राई, खोटाङ ————-==———– १// गाईलाई बाँध्ने गोठ बिहान पूजापाठ गर्ने सधैँ तुलसीको मोठ । ✍️ भगवती दवाडी ————-==———– १// अनेक गुण पाइने तुलसी जडिबुटी हो खोकी, ज्वरोमा खाइने । २// अक्सिजन धेरै दिने वरपर शुद्ध पारी प्रदुषण सबै लिने । ३// खर्च खासै छैन किन्नै परे पनि महङ्गो धेरै हैन । ✍️ नन्दलाल आचार्य, उदयपुर ————-==———– १// एकादशीमा तुलसी राेपौँ माटाेमा बीउ छरेर उमार्न घासले छाेपौँ । २// तुलसीमा औषधी पाइन्छ रुघाखोकीमा काम लाग्ने गुणगान वैद्यबाट सुनाइन्छ । ३// तुलसीकाे उदक खानुपर्छ साक्षात् अवतार विष्णुका लागेकाे पाप झर्छ । ✍️ नवराज भट्ट कञ्चनपुर ————-==———– १// आँगन अनि सबैतिर पुजारीले रित्तै ठाउँ बदलिएको छैन तक्दिर । २// मन्दिरको सबैका देउता भाकिसके आज यहाँ मनपर्ने भेटिएन एउटा । ३// सागरभन्दा नि गहिरो विश्वास छ मनभरि समयले निम्त्यायो पहिराे । ✍️ ईश्वर साउद (भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम ————-==———– १// आयुर्वेदिक गुण भएको आँगनमा रोपिने तुलसी बहुचर्चित हुँदै गएको । २// रोग, व्याधलाई टार्छ तुलसी पानी पिउनाले समस्या निको पार्छ । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । ————-==———– एकादशीमा बीउ जमाएर पुज्छौँ विष्णुको रुपमा रोप्छौँ मोठ बनाएर । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ ————-==———– तुलसी देवताको समान पुजौँ हिन्दु धर्मालम्वीले कहिल्यै नगरी अपमान । ✍️ गंगाराम यादव औरावनी २ सुनसरी ————-==———– १// तुलसीको महिमा धेरै रोपेर यसलाई गमलामा सुन्दर पारौँ जतिखेरै । २// मनको रोग जान्छ ध्यान प्रभुको गरे तुलसीले रोग लान्छ । ३// तुलसीले रोग लान्छ यसलाई उमाली खाए रुघाखोकी बिस्तारै जान्छ । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं ————-==———– पारेर शुद्ध पवन शरीर स्वस्थ हुने राेप्दा तुलसी आँगन ✍️ भाेलामान बर्देवा धरान ८ सुनिसरि ————-==———– नकारात्मक उर्जा भगाउँछ तुलसी रोपे आँगनमा सकारात्मक उर्जा आउँछ । ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा, नेपाल ————-==———– तुलसी हाम्रो भगवान जतन गरेर यसलाई गरौँ हरदम सम्मान । ✍️ विरेन्द्र चौधरी ————-==———– जो कोहीलाई चाहिने तुलसीको पातदेखि जरासम्म औषधीय गुण पाइने । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ————-==———– तुलसी औषधी पवित्र हिन्दुका आँगनको शोभा पुजनले शुद्ध चरित्र । ✍️ कार्की डिबी माकुम सुनवल -४, नवलपरासी ————-==———– १// औषधी तुलसी जति घर, आँगनीमा रोपिने यसको महत्त्व अति । २// यो घरघरमा पाइने ठुलो महत्त्व बोकेको मर्दापर्दा गर्छ चाहिने । ३// पुजिन्छ विष्णु भनेर निलहार व्रत बस्ने एकादशीका दिन गनेर । ✍️ दुर्गा भट्टराई ————-==———– १// विष्णुको प्रतीक तुलसी आँगनमा रोपे सबैले बन्दछ परिवार सुखी । २// अक्सिजन धेरै चाहिन्छ तुलसी रोपौँ घरघरमा औषधीय गुण पाइन्छ । ३// शरीरलाई फाइदा उपवास एकादशी व्रत बस्नाले हामीलाई हुन्छ स्वास्थ्यलाभ । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ ————-==———– १// तुलसीकाे महिमा बुझेर राेपाैँ सबैकाे घरमा ईश्वर सम्झी पुजेर । २// महिमा उसको अपार अमृतै सम्झेर पुजाैँ पार्दछ जीवन साकार । ✍️ हरिगाेपाल न्हुच्छेँप्धान काभ्रे, बनेपा १४ साँगा बजार। ————-==———– चाहिन्छ हेर जतिखेरै पवित्र बोट तुलसी काम दिन्छ धेरै । ✍️ वेल थोकर तामाङ ————-==———– १// तुलसी धेरै गुणयुक्त सेवन गरेमा यसको भइन्छ रोगबाट मुक्त । २// घरको शोभा बढाइदिन्छ आँगनमा रोपेको तुलसी बिहान सधैँ पुजिन्छ । ३// मानिन्छ पवित्र बोट धार्मिक महत्व बोकेको रोपौँ तुलसी बोट । ✍️ नन्दा धामी नौगड, दार्चुला ————-==———– धर्ममा तुलसीको महत्त्व विष्णु अवतार पुज्नू यसमा ओखती तत्त्व । ✍️ प्रद्युम्न चालिसे ————-==———– १// तुलसी आँगनमा रोप्ने बालबच्चा फोहोर गर्छन् सफा मनले छाेप्ने । २// तुलसीले सुगन्ध छर्ने सबैले पुजापाठ गर्दा मनमा आनन्द भर्ने । ३// तुलसीको पवित्र बोट नित्य पूजा गरौँ नगरी कुनै खोट । ✍️ श्रीकृष्ण धामी – बझाङ —-<••:जय झिल्का! जय साहित्य!:••>—-
झिल्का लेखन अभियानको १८ औँ शृङ्खला (राजनीति विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- —————<•>—————
१// राजनीति फोहोरी खेल झुठो होला भनेको यथार्थ लाग्दैछ अचेल । २// गरेर अनेकन् छल पुर्याउँछन् जेल सोझालाई अन्यायलाई गर्दै मलजल । ✍️ वसन्त अनुभव घोराही, दाङ ————-==———– १// राजनीति कमाउने थलाे विकास हुन सकेन भएन जनताको भलाे । २// छलकपट र बेइमानी राजनीति गर्नेकाे काम संसदमा छैनन् इमानी । ३// राजनीति शब्द राम्रो व्यक्ति सही नहुँदा शब्द भयाे चाम्राे । ✍️ रबि पाैडल दक्षिण भारत पाण्डेचरि ————-==———– १// सत्तामा भयो खेल सोझासाझा यी जनतालाई विनादोष पुर्याउँछन् जेल । २// पानी माथिको ओभानो दु:खी गरिब सुन्दैन सरकार आफैँ कानो ! ३// बुढो गोरू सरकार टन्न छँदैछ उसलाई किन जनताको दरकार ? ✍️ बेदु न्यौपाने ————-==———– १// राजनीति खेल फोहोरी कुर्सी समाउन मात्रै सिंहदरबारको भित्र दोहोरी । २// सिंहदरबार कमाउने थलो बुझेर अगाडि बढौ यसमै हुन्छ भलो । ३// देशलाई बिगार गरेर जति भ्रष्ट्राचार गरून् भोलि जान्छन् मरेर । ✍️ ललिता गिरी सिन्धुली हाल काठमाडौँ ————-==———– १// फोहोरी गराए राजनीति झुटो नबोली नहुने गर्नु नपरोस् सितिमिति । २// सत्तालाई जालझेल गरेर टिकाउन खोज्छन् जहिल्यै कहिले यताउता सरेर । ३// सबैमा ठूलाबडाको हात नहुनेलाई हुने गराउॅंदा पापको लाग्ला खातैखात । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ————-==———– १// नेताले देश खाए लुकाए अन्याय गर्नेलाई जनताले दुःख पाए । २// कति सक्छन् लुट्न सकेन केही गरेपनि यिनका भुँडी फुट्न । ३// देशलाई खोक्रो पारेर सबै खाइसके भित्रभित्र सोझा जनतालाई मारेर । ✍️ लक्ष्मण देउवा डोटी हाल भारत चेन्नई ————-==———– १// राजनीति उत्तम नीति अहिले अनर्थ भयो उल्टो बस्यो थिति । २// जनताको काम गरेर बस्न म खोज्थेँ बेथितिले छक्क परेर । ३// आशाको किरण देखियो वाक स्वतन्त्रता भएर जमिनमा जताततै लेखियो । ✍️ नन्दलाल आचार्य एनेलकुटी, सिरहा, मधेस प्रदेश । ————-==———– १// राजनीति बेइमानीको घर झुटोलाई साँचो बनाउने ठगेर जीविकोपार्जन नगर । २// विकासमा राजनीति लगाऊ जनतालाई गराऊ शान्त गरिबी अशान्ति भगाऊ । ३// फोहोरी राजनीति नगर समृद्धिको सुवास फैलाऊ चलोस् वासना वरपर । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी। ————-==———– १// राजनीतिकाे यहाँ नाउँमा हदैसम्म बढ्दै गयाे भ्रष्टाचार पाे ! गाउँमा । २ // जनताकाे बेचेर नाम नेताहरूले कमाईरहन्छन् यहाँ भित्रभित्रै कालो दाम । ३// भएपछि फाेहाेरी खेल सदैव देखिरहन्छ यहाँ हरेक कुरामा झेल । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा ————-==———– १// हुन्छ भन्छन् जालझेल सत्ता, भत्ताको लागि खेलीने एउटा खेल । २// सप्रदैछ केवल भ्रष्टाचार गर्दैनन् चिन्ता देशको जनतालाई बनाए शिकार । ३// मिथ्याको लिएर सहारा आफ्नो खल्ती भर्छन् लगाएर मात्र नारा । ✍️ पृथक प्रकृति ,झापा ————-==———– १// सजिलै कमाउने साधन नेतागिरी गरेर जिविका राजनीतिको मलिलो आँगन । २// आकाशको तारा झार्ने गर्छ मिठो भाषण राजनीतिले जनता मार्ने । ३// राजनीतिको मैलो खेल बेइमानी उही हरे ! जनता साउनको भेल । ✍️ दिल ठकुरी टिस्टा भेल्ली दार्जिलिङ । ————-==———– १// अनौठो यस्तो खेल हारजित हुने खुसुखुसु जनता माथिको जालझेल २// निर्णय गरिन्छ लुकेर खैलाबैला चाहिँ ढाँटी स्वार्थको कुटुरो बोकेर । ३// सराप अरे सतीको राजनिती असल भइदिए आशिक लाग्नेथ्यो धरतीको ! ✍️ कमला ————-==———– १// भ्रष्टाचार मात्रै गर्छन् बिकास गर्नलाई चाहिँ अर्काको भर पर्छन् । २// राजनीतिमा गरेर झेल यहाँ सबै नेताले षड्यन्त्रको खेल्छन् खेल । ✍️ अनिता भण्डारी ताप्लेजुङ ————-==———– १// जहिले चल्छ राजनीति देशमा छैन हजुर उसको निश्चित मिति । २// राजनीतिमा ठूलाबडाकाे हात छैन गरिब जेहेन्दारलाई दु:खमा कुनै बात । ✍️ श्रीकृष्ण धामी – बझाङ ————-==———– १// सबैभन्दा आज बेथिति कमाउमा लागेको रहेछ निस्वार्थ भनेको राजनीति । २// पाइलैपिच्छे भयो झुट फोस्रा नारामा सिमित राजनीति भयो लुट । ३// सोचेजस्तो भएन देश लुट्ने तरिका उहीँ केवल फेरियो परिवेश । ✍️ शंकर कार्की, मकवानपुर ————-==———– १// राजनीति शब्दको अर्थ गलत परिभाषित भयो अर्थको लाग्यो अनर्थ । २// भ्रष्टाचारको धमिरो फालौँ राजनीतिलाई पृष्टभूमि बनाएर राष्ट्रियताको जग बसालौँ । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके ————-==———– १// राजनीतिमा हुन्छ खेल भ्रष्ट नेताको जमातले गर्छन् अनेकौँ झेल । २// राजनीति लाग्थ्याे राम्रो झुट खेती गर्ने नेता भयो हाम्रो । ३// गर्नु इमानदारी राजनीति सधैँ सम्मानित हुनेछौ जनताको मन जिती । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ————-==———– १// अर्काको पोल खोल्छ अस्थिर गणतन्त्र नेपालको राजनितीमा काण्डहरू बिथोल्छ । २// राजनितिलाई तरङ्गित बनाए सत्ता, शक्तिको घमण्डले सडकदेखि सदनसम्म हँसाए । ३// सरकारलाई छैन थाहा दुर्गम जिल्लाको घटनामा न गम्भीररूपमा चाहा । ✍️ कला ढकाल, झापा ————-==———– १// सिंहदरबारको त्यो राजनीति जति बाघचाल खेल्छौ उति प्रखर कुटनीति । २// राजनीति लङ्गुरबुर्जा बाघचाल जसले घुमाउन जान्यो सत्ता समिकरणमा हाल । ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ ————-==———– १// पेशा भयाे राजनीति सेवा भनी बकबास नगर चुनाव जिति । २// अर्काकाे खुट्टा तान्ने भर्याङ भयाे राजनीति नबन आफूमात्र जान्ने । ३// स्वच्छ व्यक्ति छानौँ जनताले सक्छौँ सपार्न मजाले गाेल हानाैँ । ✍️ हिरालाल न्याैपाने बानपा ८ काेटमाैला,सल्यान ————-==———– १// गर्छन् मिली मनोमानी आपसमा भागबण्डा नमिल्दा राजनीतिमा चल्छ खिँचातानी । २// भाषणमा आदर्शका कुरा तड्पाउछन् जनतालाई घरीघरी बोकेर बगलीमा छुरा । ✍️ बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु ————-==———– १// राजनीति फोहोरी खेल खुट्टा तान्न सिपालु लडाउन गर्छन् जालझेल । २// आटेर पुग्ने सिंहदरबार मुसाको चोर दुलो लुट्छन् चलाउँछन् घरबार । ✍️ भुपेन्द्र राना मगर धादिङ ————-==———– १// राज्य सञ्चालन विधि राजनीति तथा शासन जाेगाउनु राष्ट्रकाे निधि । २// सर्वत्र सत्ताकाे माेहो गर्न गाह्रो जनतालाई बिहान, बेलुकाको जाेहो । ३// राजनीति गर्ने नेता लाग्याे सधैँ दाग भएनन् कहिल्यै सेता । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची ————-==———– १// देश डुबाउने राजनीति झुटो नबोली नहुने यस्तै रहेछ तिथिमिति । २// पुरानो नीतिलाई बढाउनुपर्छ गर्दैछ आन्दोलन जनता निमुखालाई देश चलाउनुपर्छ । ३// हराउँदैछ देश नेपाल अब एमसीसीको नाममा फाडौँ विदेशीको जाल । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ————-==———– स्वार्थको पोको बोक्छौ वितृष्णा नेपालको राजनीति जनतालाई सास्ती तोक्छौ । ✍️ प्रेम थापा “मन”बागलुङ ————-==———– १// राजनीति बनाए पेवा मनपरी हैकमवाद लादेर आफूलाई फलाए मेवा । २// उग्र उदण्डताको नमूना लम्पसारवाद भयो राजनीति सर्वत्र विदेशीको टुना । ३// युवा आशाको दियो थपियो झनै वेदना विगतमा शान्ति थियो ! ✍️ ऋजु दिल्पाली ईटहरी १ सुनसरी । ————-==———– १// सेवाको कार्य महान विश्वमा हो राजनीति नागरिक मानेमा जहान । २// अवसर पुण्य कमाउने स्वयम्को खुबी रजाइँ राष्ट्रको प्रेममा रमाउने । ३// फसाए अज्ञानी लोभीले परावलम्वले उठ्नै गाह्रो राज्य बुझेन रोगीले । ✍️ मनोहरी पौडेल गैडाकोट १ ————-==———– गर्छन् कति बेइमानी राजनीतिमा छ आलोपालो बुझ्नै नसकिने कहानी । ✍️ नागेन्द्रप्रसाद यादव ————-==———– १// चारैतिर छ बेथिती कानुन छ जङ्गलकाे के काम राजनीति ? २// गरेर आस मेवाकाे पैसा कमाउने माध्यम हरायो भाव सेवाकाे । ३// युवालाई दिँदैनन काम बुढै छन् शासनमा राजनीति भयाे बदनाम । ✍️ दिनेशकुमार शर्मा हेटौंडा , मकवानपुर । ————-==———– १// कस्तो हुन्छ काम खाली जनता चुस्ने राजनीति राख नाम । २// हिजोआज नेता कति म त कवि गाउँघरको मान्छे जति । ३// सजिलो काम राजनीति निष्पक्ष कर्म गर नगर बेसी कुटनीति । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ————-==———– बुझिएन राजनीतिको परिभाषा जबरजस्ती कानुन मिचेर वनाउने सर्वत्र निराशा । ✍️ लोकबहादुर क्षेत्री ————-==———– १// सम्पूर्ण नीतिको राजा लथालिङ्ग देशमा राजनीति बज्छ बेमौसमी बाजा । २// होइन फोहरी खेल हैन बेइमान राजनीति शासकको हो जालझेल । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ————-==———– राजनीतिमा गर्छौ खिँचातानी जनतालाई विश्वास देखाएर जहिल्यै गर्छौ बेइमानी। ✍️ बिरेन्द्र कुमार चौधरी इटहरी १६ सुनसरी ————-==———– १// धेरै भयो जालझेल रहेन इज्जत कुनै छोडिदेऊ राजनीति खेल । २// विश्वास तिमीले तोड्यौ हराएर गयो आशा बीच बाटोमै छोड्यौ । ३// धोका दियौ मलाई संसारमा हाँसो देखाएर गयौ जिउँदै जलाई । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ————-==———– १// अनेकौँ खेल राजनीतिमा सेवाको छैन भाव हिजोदेखि आजको मितिमा ! २// शोकमा डुब्यो देश मरिरहेछन् आज जनता नेताको छ छद्मवेश । ३// यो कस्तो सङ्घीयता सात टुक्रा पारेर बलियो हुन्छ राष्ट्रियता ? ✍️ दीप गोले तामाङ चन्द्रपुर -१, रौतहट ————-==———– गन्हाउने गराए राजनिती सबै बेकामे गधाले ल्याए जताततै बेथिति । ✍️ सुनगाभा पोखरेल ————-==———– १// अनेक अनेक खेल सधैँ हुन्छ राजनीतिमा भष्ट्राचार, ठगी, जालझेल । २// गर्छन् भाषणमात्र ठुलो जनतालाई समस्या पर्दा खोज्छन् लुक्ने दुलो । ✍️ साबित्री प्याकुरेल, धादिङ्ग। ————-==———– १// अचम्मै ! छ नि परिवर्तित राजनीतिले बनायो नेतालाई मात्रै धनी l २// सङ्घीयता भयो घाँडो न्याय भन्नु जनताकोलागि रहेछ बनेलु काँडो l ३// राजनीति साह्रै फोहोरियो लक्षित वर्गको बजेट नेताको घरमा सोहोरियो l ✍️ बाबुराम गौतम, गुल्मी ————-==———– १// भ्रष्टाचार अनि बेथिति मेरो देशमा अचेल घिनलाग्दो हुँदैछ राजनिती | २// अलापी मीठा सुर जनता मख्ख पार्छन् नेता धेरै चतुर | ✍️ सरिता सेढाई धादिङ ————-==———– १// अति नराम्रो खेल राजनीतिको घानमा हाली निकाल्छन् जनताको तेल । २// भ्रष्टले घर भर्ने बिचित्रको भयो राजनीति जनताहरू भोकै मर्ने । ३) हुँदैन केही खास स्वार्थीपन हावी भयो राजनीतिमा रहेन विश्वास । ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ————-==———– १// फोहोरी देशको राजनितीले देश कङ्गाल बनायो भ्रष्ट नेताहरूको बेथितिले । २// देशको विकास मन्द खाली गफमा टारेर फैलाए राजनितिको दुर्गन्ध । ✍️ वेल थोकर तामाङ मकवानपुर, बकैया _८ ————-==———–‘ १// राजनीति फोहोरी खेल स्वार्थ पूरा गर्न जनतामाथि सधैँ जालझेल । २// भाँडो कमाइ खाने नबिके अन्त कतै राजनीति गर्न जाने । ३// बाटो स्वार्थतिर मोडे असल मान्छे अब राजनीतिमा आउन छोडे । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ————-==———– १// लुछाचुँडी गर्छन् सत्ताको बनाई गरिबलाई शिकार खल्ती भर्छन् तलबभत्ताको । २// असल देशको थिति शान्तिको सास फेर्न चौतारी बनोस् राजनीति ✍️ नन्दा धामी नौगड, दार्चुला ————-==———– कही नभएको राजनीति यही देशमा रहेछ कसले बुझ्ने सितिमिति ! ✍️ सुरेश कार्की कुमारीगाल-७ काठमाण्डौ । हाल सिड्नी अष्ट्रेलिया ————-==———– भाषण दिने काम थाङ्नामा सुताउने जनतालाई राजनिती यसको नाम । ✍️ गंगाराम यादव औरावनी २ सुनसरी ————-==———– १// पैसा भए पुग्छ राजनीति गर्नका लागि हिमाल पनि नुग्छ । २// गर्छन् बेतुकका कुरा भित्रभित्रै चलाउँदा रहेछन् चुपी अनि छुरा । ३// काम गर्न पाइने राजनीति बाहेक भन्नुहोस् योग्यता भने नचाहिँने । ४// गर्छन् जनताका बात गरेजस्तो देखाएर ती हान्ने गर्छन् लात । ५// देशको राजनीति कस्तो ? सोझा, सिधा जनताको घाँटी नै रेट्लाजस्तो । ✍️ सतीश पण्डित भानु६चुँदी तनहूँ । हाल चनपा६ मातातीर्थ ————-==———– १// हरायो देश कुटनीतिले मेरो समाजले देखेन बर्बाद भयो राजनीतिले । २// हुँदैन विकास सिद्धान्तले खटिनु पर्छ मरिमेटी राष्ट्रप्रेमी सब राजनीतिज्ञले । ✍️ सम्पूर्ण जोशी कमरेड अछाम तोषी ————-==———– १// राजनीतिमा निर्लज्ज दानव दुर्जन भ्रष्ट राष्ट्रघाती बनेनन् कहिल्यै मानव । २// प्रमाणपत्र खोस्टा राजनीतिमा विदेशको यात्रामा युवाहरू एकता तोडेपछि कुरीतिमा । ३// धरती रुन्छिन् हारले चुलियो कुकर्मका चुचुराहरू थामिन्छ राजनीति संस्कारले । ✍️ घनश्याम पन्त हरिवन सर्लाही ————-==———– हाम्रो देशको राजनीति प्रभु ! मति दिनुहोस् केवल यहाँ बेथीति । ✍️ कार्की डिबी माकुम सुनवल -४, नवलपरासी ————-==———– १// कुर्सीको होड चल्यो नेपालको राजनीति हेर सदैव जनता छल्यो । २// आशाको बिहानी देख्न सोच परिवर्तन गरौँ सुनौलो कृति लेख्न । ३// पदलाई सलाम ठोक्छन् मानेर अयोग्यलाई बाध्यताले आँखाको आँसु रोक्छन् । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ ————-==———– १// भोट माग्दा नमन स्वार्थ सकियो अनि सुरू गर्छन् दमन । २// कस्तो राजनीति चल्ने शिक्षा स्वास्थमा पनि सोझा जनता छल्ने । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ ————-==———– १// राजनीतिले देश बन्छ तर यहाँ स्वार्थमा नेताले नोट गन्छ । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ————-==———– राजनीति गरौँ अब आउनुस् गाँजाको पक्षमा देशभक्ति झल्कन्छ तब । ✍️ लक्ष्मी रिजाल, रुपनगर, सप्तरी ————-==———– १// योग्यता पद प्रतिष्ठा हुन्छ देशको प्रगति भए नेतामा निष्ठा । २// देशको सेवा गर्ने राजनीति खेलाँ भन्दै आफ्नै ढुकुटी भर्ने । ३// राजनीतिको अनौठो खेल व्यवस्थालाई वेवास्ता गर्दा पर्दछन् नेताहरू जेल । ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा। ————-==———– १// गर्नेलाई महान् काम जनहितमा लेखिए राजनीति दुष्टहरूले गरे बदनाम । २// भाषणले अगुल्टो बाल्छन् राजनीति गरेरै कतिपयले समाजमा पेट पाल्छन् । ३// राजनीतिमा के दिए ? जनताको अधिकार खोसेर सुविधाहरू नेताले लिए । ✍️ बि.कुलुङ दार्जिलिङ, रंगबुल ————-==———– १// किन गर्दछौ खास कागको हुलमा बकुलो बन्ने व्यर्थ प्रयास ! २// उसैको नुन खाएर गर्दछौ अनर्थ के उसैको भजन गाएर । ३// सामन्तको गर्छौ सलामी भोलि परेको बखत जन्ती न मलामी ! ✍️ विवश पारदर्शी झापा, ————-==———– १// उर्लियाे खहरे भेल खेल्छन् जनतामाथि नेताले फाेहाेरी राजनीति खेल । २// राजनीति गर्नेलाई मनाेमानि देखिन्छ जताततै छलकपट आखिर जनतालाई हानी। ✍️ काेपिला अधिकारी सिरानचाेक – ७, गाेरखा ————-==———– १// सम्झदा लाग्छ दिक्दार भएका छौँ जनताहरू राजनैतिक अस्थिरताको सिकार । २// निमुखा गरिबहरू सडकमा नेताबाट मर्दैछन् आशाहरू हिँड्दछन् ती तडकभडकमा । ✍️ पुरुषोत्तम फुयाल साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ ————-==———– लगाउँछन् अनौठो शासन षड्यन्त्र मजाले गरी जोगाउँछन् आफ्नो आसन । ✍️ सनत राेकाय बिवश कुशे गा पा ८ , जाजरकोट ————-==———– १// राजनीति नहुँदा राम्रो दिनानुदिन तल तल खस्कियाे देश हाम्रो । २// राजनीति फाेहाेरी खेल सिद्धान्त र व्यवहारकाे दुर्लभ देखिन्छ मेल । ✍️ केशवप्रसाद ढकाल, गाेरखा। ————-==———– १// राजनीति गन्हाउने खेल बगिरहन्छन् हेर सधैँभरि जनताका आँखामा भेल । २// देश खुकुलो बनाए देशका सबै नेताहरू हेर साह्रै गनाए । ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारत । ————-==———– १// राजनीति रहेछ खेल शकुनिको पाशा जस्तो सधैँ हुने झेल । २// राजनीति हो भाडभैलो यसलाई बुझ्न कठिन शासकको मन मैलो । ३// राजनीतिमा भ्रष्टाचारीको भेल रित्याउन देशको ढुकुटी हुँदैछ ठूलो खेल । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ————-==———– राजनीति नेताको खेल सधैँ गर्छन् नेताहरू आपसमा कुर्सीको तालमेल । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ————-==———– १// बाँझिए सबै खेतबारी किसानका छोरा परदेशिए थाप्लोभरि ऋणको भारी । २// भाषण मात्रै गुलियो जताततै नातावाद कृपावाद भ्रष्टाचारै भ्रष्टाचार चुलियो। ३// मोज भयो अति नेतालाई रहेछ लोकतन्त्र सहिदको रगतको क्षति । ✍️ पशपती राई खोटाङ । ————-==———– १// फोहोरी खेल बनेको हे राजनीतिकर्मीहरू सुन छिट्टै सुध्रिनु भनेको । २// जनताले रोजेर पठाउने तिमी आफैँ रमाएर किन जनता हटाउने ? ✍️ दुर्गा आचार्य मोरङ ————-==———– १// मीठो कुरा भाषणमा राजनीतिले कोल्टे फेर्दा कठोर हुन्छ शासनमा । २// छिचिमिरो जस्तै लाग्ने राजनीतिको क्षणिक अनुहार भोट सिद्धिएपछि भाग्ने । ३// सत्ता तुर्ने डरले गाउँघर नेता पसेर नमस्कार गर्छन् करले । ✍️ राजनारायण राई राजदल बस्ती सोनादह ————-==———– राजनीतिले चलाउँछ देश निरन्तर खेल सत्ताको यस्तै छ परिवेश । ✍️ दीपा समभाव खोटाङ्ग ————-==———– राजनीतिमा अनेक खेल गर्दछन् नेता भनाउँदाहरू कुटनीति र जालझेल । ✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि ————-==———– १// राजनीतिले गर्छ बेइमानी झुटा आश्वासन दिई देश लुटेर खानी । २// दिएर विकासको नाउँ नेता आफ्नै सुरमा भ्रष्टाचार सर्वत्र गाउँ । ३// जन्ताका लागि काम सरकार ! अब देऊ हेर रोजगारको नाम । ✍️ मन्जु बोहरा सुदुरपश्चिम बझाङ ————-==———– मनोकामना गर्न सफल कसम खान्छ झुटो राजनीति गर्छ पलपल । ✍️ नबराज ओझा “दियालो” धनगढी,कैलाली ————-==———– १// राजनीति सही हुनुपर्छ हुन्छ देशको उन्नती जनताको हित गर्छ । २// जनता सचेत बन्दैछन् लाग राष्ट्रको हितमा नेपाली सारा भन्दैछन् । ✍️ पुष्पा राई ऐसेलुखर्क, खोटाङ। ————-==———– १// कस्तो फोहोर राजनीति जालझेल छलकपट मात्र जताततै छ बेथिति । २// राजनीति भयो व्यापार हेरेर नाफा, घाटा गरिन्छ यहाँ व्यवहार। ३// यो कस्तो राजनीति ? नैतिकता र इमानदारिता देख्नै पाइन्न सितिमिति । ४// राजनीति भयो बेहाल मालामाल छ नेताहरूलाई देश हुँदैछ कङ्गाल । ५// कुर्सीका लागि खिँचातानी रमाउँछौँ झोले बनेर हामी धेरै भाग्यमानी । ✍️ ज्ञानबहादुर क्षत्री सन्धिखर्क – २, अर्घाखाँची। ————-==———– १// राजनीतिमा हुने जालझेल भनाइ अनि गराइको कहिले नहुने मेल । २// लगाउने ठूलो नारा सबै नेता मन्त्रीको देखियो उस्तै पारा । ✍️ रुना कर्माचार्य दाहाल ,चितवन ————-==———– राजनीतिमा छैन गतिविधि भ्रष्टाचार बढेको जताततै सत्तामा छैनन् गुणनीधि । ✍️ भगवती दवाडी ————-==———– १// राजनितिमा हुन्छ झेल सबैले सोच्छन् सधैँ यसलाई फोहोरी खेल । २// पाइन्छ घृणा धेर पाइन्छ अपहेलना मात्रै गर्दैनन् सम्मान हेर । ३// जनताले दुःख पाउँछ सही मार्ग भाषणमा यथार्थमा अन्धकार बनाउँछ । ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा, नेपाल ————-==———– १// राजनीतिले खेलाउॅंछ खेल छिर्के लाग्दै, लगाउॅंदै खोजिन्छ बेमेलभित्र मेल । २// झुण्डको झन्डा बोकेपछि आँखा टालिन्छ गुनको देशको झन्डा बिर्सेपछि । ✍️ म्यामराज राई, भोजपुर ————-==———– राजनीति बाउसे बुरुक्क सदाबहार पन्ध्र असारको चुनाव आयो झुलुक्क । ✍️ ममता पौडेल बुढीगङ्गा -२ , मोरङ ————-==———– १// राजनीतिमा निष्ठा हरायो नेताका कर्तुत देखेर आदर्श उसै डरायो । २// भ्रष्टाचारीहरूको बढ्यो शान सज्जन कोही भए हुन्छ उसको अपमान । ३// भाषण गर्छन् चर्कोचर्को जनता सारा भोकानाङ्गा पिछ्लग्गुहरूको छ लर्को । ✍️ जयनारायण नेपाल इलाम हाल सूर्यविनायक २ बालकोट भक्तपुर । ————-==———– १// सच्चा देशभक्त वीर विकास हुन्छ देशको नेता भए धीर । २// राज्यको सञ्चालनको विधि राजनीतिमा हुन्छ तर भयो कमाउने निधि । ३// दलाल जन्माउने यन्त्र बेच्छन् युवा खाडीमा नेतालाई आयो गणतन्त्र । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ ————-==———– १// पगरी नेता पदकाे कामकुराे सबैकाे व्यापार तैपनि ठूलाे कदकाे । २// कुचालमा राजा फालिएको सिद्धान्तहीन भयो राजनीति कसैकाे अनुग्रहमा पालिएकाे । ३// देशकाे स्थिति खस्केको माैलायाे विकार, विकृति झुटो आश्वासन पस्केकाे । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ————-==———– १// फितलो बुँदा बोकेर समातेर हिँड्छन् झन्डा ज्यान तराजुमा जोखेर । २// राजनीति गरेर नथाक्ने हामी बन्यौँ मूर्ख अब कहिले जाक्ने । ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ। ————-==———– —-<••:जय झिल्का! जय साहित्य!:••>—-
साप्ताहिक झिल्का लेखन अभ्यासको २२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू- —++—
… १, सगरमाथा नापिरहने मन पैँचोमा चरीको पखेटा ओर्लॅंदा हराउॅंछ आफ्नोपन । २, भेटिन्छ आठौँ आश्चर्य खोजे प्रबुद्ध समाजमा मान्छन् आआफ्नो सौन्दर्य । ३, ढकनीले गल्ती गर्दैन छोप्नेले निर्धक्क छोपेपछि खाडीको ताप पर्दैन ।
म्यामराज राई, भोजपुर … १, प्रचण्ड गर्मी धूप सहन विवश प्राणीहरू प्रकृतिको उग्र रूप । २, प्यासी छन् खोलाहरू तीब्र जलवियोजन रुखमा खस्दै मौरीका गोलाहरू । ३, उष्णता बोकी हावा भौतारिँदै छ जताततै खाँदै खुवाउँदै कावा !
वसन्त अनुभव, घोराही, दाङ … १, काम गरेर खानू सामाजिक सेवा गरी इतिहास कोरेर जानू । २, झुक्दैन सगरमाथा शिर सबै नेपाली मिलौँ नगरौँ कसैले पिर । ३, इतिहास रचेर छोडौँ सयौँ थुङ्गा गाँसेर माला बुनेर जोडौँ ।
रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १, हाम्रो देश सगरमाथा नेपाल स्वतन्त्रताको देश नेपाली वीरहरूको गाथा । २, नेपाल देशको नेपाली सत्ताको आडमा बसेको चौँरीको खर्क हिमाली । ३, डाफे मुनाल हेरेको गणतन्त्र जनतामा आएर देशको मुहार फेरेको ।
बेदु न्यौपाने … १, सगरमाथा नेपालीको पहिचान विश्वको अगाडि यसले राखिरहेछ राष्ट्रको शान। २, राष्ट्रलाई चिनाउने काम सगरमाथाले विश्वभरिमै देशको राखिरहेछ नेपालको नाम। ३, यसको बढाऔॅं गरिमा राष्ट्रलाई चिनाउनेको अझै उच्च रहोस् महिमा।
अर्जुन प्रसाद चौलागाई, सुनापति-१, रामेछाप (हालः-अमेरिका, बोस्टन) … १, सगरमाथा जस्तो शिर बनाई बढ्न अघि बाधक बन्छ पिर । २, सोचिन्छ अनौठा कुरा जिन्दगीमा कहिले भएन सोचेका सपना पूरा । ३, तापको तातो सहन सकिन्न जस्तो भयो तातै हावा वहन ।
लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई) … १, कुरा गहिरो खन्ने आश्वासन बाँड्न जानेमा अगुवा सजिलै बन्ने । २, कामले माम दिन्छ भनेरै म जोतिएँ उल्टै खुन लिन्छ । ३, भोकले भोजन घुमायो हेरेर मात्रै बस्दा अल्छीले अवसर गुमायो ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा, मधेस प्रदेश) … १, परिस्थितिको रहेछौ दास जे आउँदा अघि लाग्दोरहेछ नि आस । २, स्वच्छ राखे मनस्थिति अवस्थ सहज हुनेछ आफ्नो आफ्नो अवस्थिति । ३, समयले खेलाँची गर्दैन जसले जे भनोस् हुने कुरा टर्दैन ।
त्रिलोचन भण्डारी, मेचीनगर झापा … १, जोखिममा छ घर बर्खा सुरु भयो पहिरो आउने डर । २, बाडौँ सबैमा ज्ञान प्रकृति प्रकोक आएमा जानै सक्छ ज्यान । ३, गरेर राम्रो काम चिनाउनु छ हामीले यो देशमा नाम।
अनिता भण्डारी, ताप्लेजुङ … १, रुखो बोलीमा काँडा मिसिएको चाप देखियो भेट्न आउॅंदा टाढा । २, वैरागी यो भेषमा के खोजिरहेछ दुनियाँमा अझैसम्म भेटिएन देशमा। ३, आपसी द्वन्द्व चलिरहेको कसलाई के थाहा ? मुटुमा आगो बलिरहेको ।
ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुरपश्चिमअछाम … १, तिम्रो मेरो भेट अब कहिले नहुने याद बसेछ अमेट । २, छातीमा मायाको घाउ बल्झिरहने सदा खाटा सम्झनामा तिम्रो नाउ । ३, पर्खिरहे आस्थामा बसेर तिम्रै नामको जपना सुखद सपना रचेर ।
दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ … १, मायामा संसार अडेको दुखीलाई सधै गारो आँसु पुछ्दै बढेको। २, अरूको लागि राम्रो सोचौँ सधैँ निश्वार्थ कर्तव्य यही हाम्रो। ३, झुटो लाई फालेर अगाडि बढौँ हामी सत्य लाई अङ्गालेर।
सविता भट्टराई, जनकपुर, मुरली चोक जनकपुरधाम … १, मट्टितेल दाउरा चाहिँदैन निहुँ चाहिन्छ मान्छेलाई अप्ठ्यारोमा आफन्त पाइॅंदैन । २, कसलाई आफन्त भन्छौ? आफ्नै भन्नेले रेट्छन् पछि औँलामा गन्छौ । ३, चुर्लुम्म फोहोरमा गाडियौ भरियो कानमा मसला स्वार्थ लुट्यौ टाढियौ।
चुडामणी देवकोटा, पुरानो नैकाप काठमाडौँ … १, कसैले केही भन्छन् किन सोच्नुपर्ने होला ? किमार्थ खेदो खन्छन् । २, अरूको खुसी देखेर भित्रभित्रै जल्दा रहेछन् झन् जिउँदै लेखेर । ३, थुकेर थुक चाट्ने देखियो आडम्बरको पराकाष्ठा आफूले आफैँलाई ढाँट्ने।
पृथक प्रकृति ,झापा … १, सहयात्रा छोडी बिलायौ साथ दिन्छु भन्दै नरित्तिने आँसु दिलायौ। २, उद्योग बन्द गरेका सर्वहारा वर्गलाई हेर्न दिनरात कसरी छलेका ? ३, बाढी, पहिरो गएको दर्जनौँ ठाउँमा हेर अझ क्षतविक्षत भएको ।
कला ढकाल, झापा … १, अन्जान खुसीहरू पाले जीवन सजिलो चल्नेछ गरिबी जरैदेखि उखाले । २, स्पष्ट बोलेपछि छर्लङ्ग हिँडेर उकाली ओराली लडेछ नसोची बेढङ्ग । ३, आधार हुनुपर्छ हेर काम गरेर देखाउनु विश्वास भएकोले धेर ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, स्वदेशमा भुतुक्कै लजाउने बनेर अर्काको भरिया विदेशमा पसिना बगाउने। २, अर्ती कुरा नमान्ने हामी आफ्नै खुट्टामा आफैँले बन्चरो हान्ने।
बिके मुखिया, दार्जीलिङ, भारत … १, आफ्नै माटोमा कर्म आमाको सेवा गर्नु सबैभन्दा ठुलो धर्म ! २, प्रभुले पठाए काज जुटौँ राष्ट्र सेवामा कहिल्यै नमानी लाज ! ३, सौम्य पिरतीको मूल, हेर सुन्दर बगैँचामा ढकमक फुलेका फूल !
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १, जनतालाई सास्ती धेरै व्यवस्थाको खिल्ली उडाएर भन्छन् अझै मेरै ।
प्रेम थापा “मन”बागलुङ … १, घर संसार सुन्दर, बनाउने रहर यहाँ , कसलाई हुन्न र? २, परिवार एकत्रित पार्ने, खम्वा बनोस् स्थायी, स्वाभिमान उचाइमा सार्ने। ३, बोलेर हुँदैन यहाँ , गरेर देखाउने महान् देवता मानिन्न कहाँ ?
मनोहरी पौडेल, गैडाकोट १ … १, देश बिगार्ने केटा फकाउॅंछ जनता भोटमा जितेर लाउॅंछ फेटा। २, जङ्गे खम्बा हरायो सरकारले देखेन खै! भाषणमा मात्र करायो। ३, लिम्पियाधुरा टनकपुर पनि जनताले खोज्दैछ अब सरकार खै भनी ?
एवाइ प्रभात, सहिदभुमि धनकुटा … १, खान हुँदैन मागेर बजाऊ आफ्नै पाखुरा नजाउ कतै भागेर । २, छैन कर्म गरेको पाइँदैन केही खोजेर रहेन भण्डार भरेको । ३, काम गर्न डराउने डुलेर कहिले पुगेन खाने बेला कराउने ।
सञ्जना शर्मा, लमही दाङ … १, जस्तै दुःखी परानी गरिब ती जनताको भयो जीवन खरानी । २, क्रान्तिको बिगुल फुके अन्तमा आएर तिनीहरू फेरि नराम्ररी चुके । ३, भयो यहाँ अति नगरे केही अरू अझै होला कति ।
डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची … १, सपना बेचेर खाए रगतको खोलो बगाई जनताले दुःख पाए। २, उसलाई सन्तोष भयो जनताको अस्तित्व हरायो सबैको मातृत्व गयो। ३, लाखौँ सपुतको बलिदान जननीको छाती चिर्यौ धेरैको जीवन चिहान ।
घनश्याम पन्त, हरिवन सर्लाही … १, परीक्षा हुनु अघि नतिजा प्रकाशन गरेर परीक्षा लिने ढोँगी। २, कस्तो जानेको दुराचारीले केवल आफूलाइ सपारेर बिगार्यो सन्तान अत्याचारीले । ३, विकार कसरी गयो ? सारेर ल्याउॅंछ कुप्रवृत्तिले नसुध्रेर धिक्कार भयो ।
लोकबहादुर क्षेत्री लामिछाने … १, मनको मैलो पखालौँ हटाऔॅं सबै दाग दिलमा शान्ति सजाऔॅं । २, के लानु मरेर ? छरौँ मित्रता सबैमा मरौँ प्रिति गाँसेर!
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार … १, मनमा खुसी पाले दुनियाँ जसरी बाँच्छ यसको नाम काले। २, झरी कस्तो आयो मनमा माया राख किसानले गीत गायो।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, गर्मीले साह्रै सतायो ओहो ! पानी पर्दैन बेथिति बसोबास बतायो ।
शोभा आचार्य गौतम, काठमाडौँ … १, टाढाको भनेर तिमी बिलौना गाउँछु गीत असारे झरी रिमीझिमी । २, कुहिरोले सबै छेलियो एक्लो धुमधुम्ती बस्दा भएको हौसला सेलियो ।
मोती सुब्बा दार्जिलिङ निमकी डाँडा … १, पगरी नेता पदको कामकुरो सबैको व्यापारी तैपनि ठुलो कदको । २, कुचालमा राजा फालिएको सिद्धान्तहीन छ राजनीति कसैको अनुग्रहमा पालिएको ३, देशको स्थिति खस्केको मौलायो विकार, विकृति झुटो आश्वासन पस्केको ।
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे … १, पेटभरि छैन खाना सुरापान मस्ती गर्दै अङ्ग्रेजीमा गाउॅंछौ गाना । २, सुत्केरी श्रीमती घरमा बुबा थलिए निमोनियाले बाँचेका पानीको भरमा । ३, लरखराउॅंदै पस्छौ घर काम गर्छन् साथीसङ्गती तिमी हुन्छौ परपर ।
हिरालाल न्यौपाने ,बानपा ८ कोटमौला, सल्यान … १, जिन्दगी बगेको खोला एक दिन मर्नैपर्छ, यस्तो मान्छेको चोला । २, तँछाडमछाड सधैँ गरी बिताउँदा हरेक पल, पछुतो लाग्छ जीवनभरि ।
पुष्पा राई, ऐसेलुखर्क, खोटाङ … १, हेर्दा लाग्छ सदाचार त्यो रूप पशुकोझैँ गर्दै हिॅंड्छ कदाचार। २, फूल फुल्यो पाखाभरि सुन्दर छ दृश्यहरू आहा ! मेरो आँखाभरि । ३, बोकेर जीवनलक्ष्य हाम्रो सेवा गरौँ मनैदेखि जीवनमा सबभन्दा राम्रो ।
दीप गोले तामाङ, रौतहट … १, शरीरमा सारै घाम घाम भएको बेला , गर्नु हुँदैन काम । २, तराईमा घाम अति गर्दाखेरि तातो घामले अन्न उत्पादनमा क्षति । ३, स्वस्थ पाएन पानी पानी नहुदाँ हजुर , स्वस्थमा ठूलो हानी ।
श्रीकृष्ण धामी, बझाङ … १, विचारमा नयाँपन खिल्दैन लेख्ने प्रयास गर्छु पटक्कै भाव मिल्दैन। २, कहिल्यै सकिएन काम हेक्का रहँदैन ईशको भवसागर तार्ने राम । ३, कति गर्छौ विज्ञापन ? नगर झुटको खेती सत्कर्ममा लगाऊ मन ।
अरुण कुमार भुजेल, गोरुबथान,कालेबुङ, भारत … १, चोखो माया गरेर राख्छु सधैँ मनमा ओठमा खुसी छरेर । २, फसाएर मिठो बोलीले घायल बनायौ लौन। कर्के नजरको गोलीले।
वेल थोकर तामाङ, बकैया – ८, मकवानपुर … १, असारमा नि खडेरी कस्तो अनौठो समय ओभानो सेती, भेरी। २, मास्ने बाटो जसरी मौसमले घात गर्यो बाँच्नु अब कसरी? ३, बाँझै छ खेत रोपाइँ गर्ने बेलामा पाल्नु कसरी पेट ?
साबित्री प्याकुरेल,धादिङ … १, बाटोमा आउँदै थिएँ भेट भयो उसॅंग साथै मैले पिएँ ।
सुरेश कार्की … १, लागि रहन्छ डर उर्लियो भेल बर्खामा बगरमा छ घर! २, नचाहेरै हुन्छ मेल यस्तै रहेछ माया बिछोड मिलनको खेल ।
बि.कुलुङ, दार्जिलिङ, रंगबुल … १, खाएर आएँ भात अर्थोक के सक्थेँ फालेर आएँ जात । २, भोकले भोजन माग्छ खुब बिचारेँ मैले होसले रोग भाग्छ । ३, हिम्मतले संसार जित्यो केही गर्न सकिएन समय आफ्नो बित्यो ।
लक्ष्मी रिजाल, रुपनगर, सप्तरी … १, कसरी गर्छौ राजनीति ? कोरा भाषणले मात्र सुध्रिन्न समाजको बेथिति । २, आफूलाई विज्ञ ठान्ने आपत्विपत् कसैलाई पर्दा अरूको सल्लाह नमान्ने । ३, के भनौँ दाता ? कस्तो मूर्ख ज्ञानी विज्ञ हे भाग्यविधाता !
विवश पारदर्शी, झापा … १, विचरा पिॅंजडाको सुगा उड्न चाहन्छ सधैँ तोडेर फलामे लुगा ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, बीउ झर्दा माटोमा प्रतिकुल हुँदा बखत बाँझै पर्छ पाटोमा ! २, गर्मी चर्को घाममा एकनास हुँदैन मौसम झरी वर्षा याममा !
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, चिनाऊ देश नेपाल हिमाल पहाड मधेशी पहिले थियो विशाल । २, अखण्ड देश हाम्रो सुन्दर शान्त नेपाली वीरहरूको प्रदर्शन राम्रो। ३, चिसो बतास हिमाली वीरहरूको बसेर यो एकढिक्का छौँ नेपाली।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, चुँडियो लठारो पुल बिजोग भयो खच्चडको नेताले गरे भुल। २, बोकाएर भारी नुन खै के भनौँ ? कहिले तिर्ने गुन। ३, बनौँ सबै सचेत थाहा पाएर नि! नहोऔॅं अबुझ अचेत ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, हुँदैन ईर्ष्या पालेर उन्नति प्रगति गरौँ मनको तीतो फालेर । २, विवेकका घैलाहरु भरौँ साहित्य बागमा यसरी ज्ञानामृत सिन्चित गरौँ ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा … १, बेहाल छ जिन्दगी कुन दिन मर्छु म नदीमा बगी । २, दैवले लाइदियो बार धेरै पटक जीवनमा मैले खाइसकेँ हार । ३, भाग्यको बार हटाउन मलाई रहर भयो धर्तीको बोझ घटाउन ।
ललिता गिरी सिन्धुली, हाल काठमाडौं … १, समयको हामी दास समयसँग चल्न सके हुनुपर्दैन कसैको आस ।
दुर्गा भट्टराई, मोरङ … १, भइन्छ भन्छन् मालामाल प्रमाणपत्र बिकेन भने राजनीतिमा हाम फाल l २, नेता भए जीर्ण जनताको सेवा सुविधाप्रति सोच राख्छन् सङ्कीर्ण l ३, फुक्ला भाषण गर्छन् विकासे बजेट लुकाई आफ्नै लाद्रो भर्छन् l
बाबुराम गौतम, गुल्मी … १, जतासुकै बढेको तनाव कस्तो होला दुनियाँ ? बुझौँ कसरी जनाब? २, गर्मी बाहिर भित्र एउटा देखिए पनि , अनेक हुँदारहेछन् चित्र ।
दीपा समभाव, खोटाङ्ग … १, टिपिक्क परेको चोली हाँसखेल गरौँ न एकैछिन दिल खोली। २, सलल बगेको खोली रहेछ मिठो तिम्रो सुरिलो त्यो बोली। ३, धोएर रुमाल निचार भइहाल्यो हाँसखेल त के छ विचार?
सतीश पण्डित, भानु – ६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, हाम्रो देश सगरमाथा हामी सबै नेपालीको विश्व चिनाउने गाथा । २, सगरमाथाले सान चुकाउॅंदैन नेपालीहरू जहाँ गए कहिल्यै शिर झुकाउॅंदैन।
ममता पौडेल, बुढीगङ्गा -२ , मोरङ … १, कालो बादल फाटेर धर्ती जलमग्न बनाउॅंदै किसान पसिना साटेर । २, उर्लियो खोला हेर असारे झरी पर्दैमा गयो बालीनाली खेर ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा … १, पुजापाठ गर्ने धेरै मान्छेलाई मान्छे नदेख्ने धर्म जाने खेरै। २, ढुङ्गालाई देउता पुजेका मान्छे सबै एउटै भन्नेले खै बुझेका । ३, भेदभाव आखिर किन दुईदिने सबै पाहुना मर्नै पर्ने एकदिन ।
रुना कर्माचार्य दाहाल ,चितवन … १, तातो बाफ चलेर स्वास फेर्न गाह्रो चर्को धूप बलेर | २, हामी काममा जाऔॅं कोक फ्यान्टाको सट्टा दही मोही खाऔॅं |
सरिता सेढाई धादिङ … १, आगोलाई नठानौँ सानो हेलचक्राई गरेको हामीले , जलाई दिन्छ छानो । २, यता आगो लाग्दाखेरि बोलाऔॅं दमकल सबैले नोक्सान होला फेरि । ३, आगोले ताप दिन्छ दुरुपयोग हुन गएमा, हाम्रो खुसी छिन्छ ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल … १, युवालाई तालिम चाहिन्छ उद्यमशील भए व्यक्तिले स्वरोजगार गर्न पाइन्छ । २, सुतेर देश बन्दैन उद्यम नगरे आफैँले छिमेकी देशले गन्दैन । ३, कर्ममा विश्वास लाग्दछ पसिना पोखे धर्तीमा गरिबी आफैँ भाग्दछ ।
पद्मा काश्यप पाण्डे, मोरङ … १, चिप्लिन्छ अनि लडिन्छ फेरि उठेर हिॅंडौँ तब अलिक बढिन्छ। २, म देशलाई चिन्छु र देशकै लागि अवश्य रगत दिन्छु।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] सपना समृद्ध नेपाल यथार्थमा देशको हाल ! -वसन्त अनुभव घोराही, दाङ [२] सेतु नबनाउने नेता फेरि नबन्ने विजेता ! -भगवती दवाडी ,झापा [३] गणतन्त्र विकासकाे गति उँधाे कि उँभाे ? -राेशन पराजुली,धरान [४] अप्रसिद्ध पशुको ज्यान नेताको अर्कैतिर ध्यान ! -अच्युत घिमिरे सर्पाङ, भुटान [५] गणतन्त्र पुल विकास कर्णालीमा खच्चरको निकास ! -बेदु न्यौपाने [६] निरीह बोझसॅगै अड्केर गएन प्राण सर्केर ! [७] लाचार मौनता कहिलेसम्म पीडाले आँखा टम्म ! -संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ [८] चाल मेरो देशको येस्तो छ हाल ! -अनिता भण्डारी ताप्लेजुङ [९] जीवन उकाली ओराली पिर कहालीलाग्दो भिर ! -आर्त अकुलीन [१०] तर्ने बनायो पुल खच्चरकाे जिन्दगीमा भूल ! -श्रीकृष्ण धामी – बझाङ [११] अवस्था सपनाको नेपाल यथार्थमा विकासको चाल ! -बुद्धिप्रसाद लामिछाने कैलाली [१२] दोभान लाचार सरकार जोगाउनै कठिन जीवन ! -सरस्वती वली [१३] सोच मेरो हाम्रो समाज आसाको त्यान्द्रो ! -मधुसूदन शर्मा रोल्पा [१४] पशुलाई गधा बनाई देशलाई भ्रष्टचारमा डुबाई ! -डुकछिरिङ लेपचा थाना लाईन,भारत [१५] माथि ठाडो भिर तल जङ्घार मजधार ! -कमला देवकोटा, पाल्पा [१६] बिचरा निरीह पशु चेतनशील मानवको दादागिरी ! [१७] विडम्बना जोखिममा ज्यान सरकारले दिदैन ध्यान ! -पृथक प्रकृति ,झापा [१८] जीवन उकाली ओराली समृद्ध नेपालको परिवहन ! -धनमाया चौधरी कैलाली [१९] दुर्गम विकासको गति सुध्रिएन नेताको मति ! -कला ढकाल झापा [२०] चुडियो पुलको रसी खच्चर बिचमै फसी ! -चक्र शाही ,लम्की, कैलाली । [२१] विकास बहानाकाे इतिहास खाेजाैँ बर्बादिकाे निकास ! -रामप्रसाद पुरी, बादेल, खाेटाङ । [२२] उस्तै जनतालाई सास्ती राज्य सञ्चालकलाई मस्ती ! -प्रेम थापा “मन”बागलुङ [२३] जुर्मुराएको गरेर देखाउँछु विकासे बजेट चुर्मुर्याएको ! -घनश्याम पन्त हरिवन सर्लाही [२४] नेपाल समृद्धिको सपना जताततै देखियो बेहाल ! -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा.-६, दोलखा । [२५] अकल लाखौलाख हातमा पुल भाँचिएको रातमा ! -अम्बिका अधिकारी झापा बिर्तामोड [२६] खच्चर गधाको सामाज्य छैन केही अवसर ! -नागेन्द्रप्रसाद यादव [२७] खच्चड नतरी पुल काल आयो मूल ! -एवाइ प्रभात सहिदभुमि धनकुटा [२८] लोकतन्त्र जोडिएन देश पिताजीको फुलिसक्यो केश ! -पशपती राई खोटाङ । [२९] वास्तविक एकातिर हुन्छ देखिने अर्कातिर रहन्छ !
नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा । [३०] आश्वासन भरिएको विकास यत्रतत्र भयानक विनाश ! -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । [३१] बिजोग हेर हरिबिजोग साच्चै कन्त बिजोग ! -दुर्गा अधिकारी भमरकोटे, हाल कपन । [३२] व्यापार हत्ते प्राणीकाे जूवा आँप झटाराे ! -चन्द्रावती अधिकारी [३३] स्थिति नाजुक देखियो हाम्रो देशको बेथिति ! -शोभा आचार्य गौतम काठमाडौँ [३४] विपत्ति जुनसुकै बेला पशुलाई गरेनन् हेला ! -दीपा समभाव खोटाङ्ग [३५] यथार्थता अमानवका कारण मानवको भयो दुर्गति ! [३६] कस्ताे हाे राज्यसत्ता खाने मात्र भत्ता ! -डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची [३७] अवस्था विकास गर्न योग्य नेतृत्वको खाँचो ! -सुस्मिता अधिकारी ,काठमाडौँ [३८] आपत्ति जनतालाई सास्ति धन्य विकासको गति ! -सरिता काफ्ले कोहलपुर ८ पिपरी बाँके [३९] खच्चर नगरौँ हेला यस्तो सङ्कटको बेला ! -पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा-३,काभ्रे [४०] विकट विकासमा ओझेल भ्रष्टले गरे झालझेल ! [४१] कठै विकासको हाल सुध्रिएन नेताको चाल ! -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ [४२] देश चौपट सारा मात्र झुट्टा नारा ! -विवश पारदर्शी झापा, [४३] भारी बोकेर लैजानु कसरी पुल तारी ! -घनश्याम पौडेल,पोखरा [४४] यस्तो नहोस् भनेर विरोध गरौँ कनेर ! -लक्ष्मी रिजाल, रुपनगर, सप्तरी [४५] विकास झाेलुङ्गे पुल मारिए पशुका हुल ! -ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ [४६] नाजुक कर्णाली पुल बन्यो हियाेमा शूल ! -केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा। [४७] सङ्कट निर्दोष दोसाध देखिन्न जहाज चढेर ! -प्रभादेवी पौडेल चितवन [४८ चित्र हेरी खोज वास्तविकता मूलको भित्र ! -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा ।